पछिल्लो चौबिस घण्टामा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

मंसिर ४ , काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटमा देशभरका विभिन्न प्रयोगशालामा गरीएको ९ हजार ८ सय ५ नमुना परीक्षणमा देशभर २ हजार १ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना संक्रमित २ लाख १५ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ। पछील्लो चौविस घण्टामा देशभर १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ७६ पुगेको छ। कोरोना संक्रमणबाट निको हुनेको संख्या गत चौबिस घण्टामा २ हजार ८ सय ५८ जना रहेका छन्। हालसम्म निको हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ जना रहेका छन्। देशभर क्वारेन्टिनमा ७ सय ६७ जना र देशभर सक्रिय संक्रमित संख्या २८ हजार १ सय ६ जना रहेको मन्त्रालयले जनाएको छ।