फल्स चेम्बर जडान गरी पेट्रोल आयात गर्ने वीर बेताल आर्शिवाद प्रा. लि लाई निगमले अगाडी बढ्यो कारवाहीको प्रकृया

काठमाडौं, मंसिर ४ । नेपाल आयाल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा इण्डियन आयल कर्पोरेसको बरोनी रिफाइनरीवाट पेट्रोल २०/२० हजार लिटर पेट्रोल आयात गरिरहेका बिर वेताल आर्शिवाद कम्पनीका दुईवटा ट्याङ्करमा फल्स चेम्बर फेला परेको निगमले जनाएको छ । ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्वर प्लेटका ट्याङ्करलाई आयाल निगमले सुराकीका आधारमा कव्जामा लिई चेक जाँच गर्दा फल्स चेम्बर फेला परेको हो ।
बाहिर र भित्रवाट हेर्दा सजिलैसँग पत्ता लगाउन नसकिने गरी वेल्डिङ्ग उक्त फल्स चेम्बर निर्माण गरेको पाइएको हो । बिर वेताल आर्शिवाद कम्पनी प्रा.लि का सञ्चालकहरु प्रज्वलराज भट्ट , दीपेन्द्रबहादुर बम र सदेन ब्यञ्जकारलाई कारवाहीको प्रकृया अगाडी वढाएको निगमले जनाएको छ । यसरी फल्स चेम्बर निर्माण गर्ने उक्त कम्पनी र सञ्चालकलाई १५ लाख रुपैयाँ जरिवाना तथा नेपालको प्रचलित कानुन बमोजिम हैदसम्मको कारवाही प्रकृया अगाडी वढाउनका लागी नाप तौल तथा गुणस्तर विभाग र सम्वन्धि अन्य निकायलाई पत्राचार गरिसकेको निगमले जनाएको छ ।
