कारोवार रकममा नेप्सेले रच्यो नयाँ इतिहास : एकैदिनमा ६ अर्ब रुपैयाँ वरावरको शेयर कारोवार

यो साताको अन्तिम दिन बिहिवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हालसम्मकै सर्वाधिक कारोवार भएको छ । विहिवार ३६ दशमलव ३२ प्रतिशतले वढेको नेप्सेमा ६ अर्व ११ करोड ४२ लाख ७ हजार रुपैयाँ वरावरको कारोवार भएको छ । विहिवार १७ सय ५२ दशमलव १ ८ प्रतिशतवाट कारोवार सुरु भएको नेप्सेमा दिनभर ३६ अंकले वढ्दै १७ सय ७८ दशमलव १ दुई अंकको विन्दुमा पुगी कारोवार वन्द भएको छ ।

१ सय ९८ कम्पनीको १ करोड ४० लाख ५७ हजार ८ सय ४१ कित्ता शेयर किनवेच भएको छ । त्यस्तै ‘क’ वर्ग कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसुचक ४ दशमलव ९८ प्रतिशतले बढ्दै ३ सय ४३ अंकको विन्दुमा कारोवार वन्द भएको छ ।
समूहगत परिसुचक तर्फ सबैभन्दा धेरै नीर्जीवन विमा कम्पनीको सुचाङ्क करिव ४ सय अंकले वढेको छ भने जीवन विमा कम्पनीको सुचाङ्क ३ सय ७६ अंकले बढेको छ । विहिवार ताराजन रेजेन्सी होटल कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने र युनिलिभर सहित दर्शज भन्दा वढी कम्पनीको शेयर ९ प्रतिशत भन्दा वढीले वढेको छ ।

४१ करोड ८ लाख रुपैयाँ वरावरको शेयर कारोवार गरेको नेपाल रिइन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कारोवार गरेको छ ।