८ महिनापछि लुम्बिनी खुलेसँगै बढ्यो आन्तरिक पर्यटकको चहलपहल

मंसिर ४ , कोभिड १९ कारण ८ महिना देखी वन्द लुम्बिनी खुल्ला भएको छ । सरकारले गत शुक्रवार लुम्बिनी खुलाउने निर्णय गरेपछी आजवाट गौतम वुद्ध जन्मस्थल लुम्बिनी खुल्ला भएको हो । लुम्बनी खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल वढ्न थालेको छ ।
अब पर्यटकहरुले सुरक्षाको मापदण्ड अपनाएर बुद्धजन्मस्थिल लुम्बिनीमा मायादेवी परिसर , असोक स्तम्भ , पुष्करिणी पोखरी , बगैंचा र विभिन्न देशका विहारहरुको अवलोकन गर्न पाउने भएका छन् ।