ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरीले सुरु गर्यो रोक, हेर र जाउँ अभियान

काडमाठौं । महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुलाई ट्राफिक नियमको प्रभावकारी पालना गराउन रोक, हेर र जाउँ अभियान सुरु गरेको छ । मंसिर गते बुधबार देखि सुरु भएको यस अभियानका उपत्यकाका तीन सय ८० जना ट्राफिक प्रहरी विभिन्न चोकचोकमा खटीएका छन् ।

सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्नु पर्ने भएपनि कतिपय चलकलाई नियम थाहा नभएको र कतिपयले नियमको उल्लंघन गर्ने गरेको कारण यो अभियान सुरु गरेको महानगरिए ट्राफिक प्रहरी प्रमुद भिमप्रसाद ढकालले बताए ।
विशेष गरि भित्रि सडकहरुमा ट्राफिक प्रहरीको उपस्थि पनि कम रहने भएकोले ट्राफिक नियमको उल्लंघन पनि बढी हुने गरेको छ । उक्त कुरालाई मध्यजनर गर्दै यो अभियान सुरु गरिएको छ । यो नियम सिकाउन पिकआवरमा ३/३ घण्टा ट्राफिक प्रहरीहरु खटिने गरेका छन् ।