ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा सचिवालय बैठक- सचिवालय सदस्यको राजिनामा प्रस्ताव देखि ओलीलाई १० दिने समय सिमासम्म

नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल सहित शिर्ष नेताले लिखित रुपमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली विरुध सचिवालय वैठकमाग सहितको प्रस्ताव दर्ता गरेपछि ओलीले १० दिनमा त्यस्को काउन्टर दिने भएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव राजनीतिक प्रस्ताव नभइ आफू विरुधको आरोपपत्रको रुमा लिएका छन् । बुधबार सचिवालय बैठकमा ओलीले भने ‘यो आरोप पत्र हो यसलाई खारेज गर्छु’

प्रस्ताव खारेज नभएसम्म सचिवालय नबस्ने बताएका ओली राष्ट्रपति विद्यादेवि भण्डारी र नेपालकालागि चिनिया राजदुत होउ याङ्छिसंग भेटे पछि केही नरम भएका थिए । उनीहरुकै सकृयतामा ओली सचिवालय बैठक राख्न तयार भएका थिए ।

पार्टिभित्रको विवादमा पटक पटक भूमिका खेलेका दुई पात्र नेकपा भित्र यो पटक पनि पार्टि विगठन हुन नदिन भूमिका खेल्ने पात्रको रुपमा हेरिएको छ । यद्यपी राष्ट्रपति भण्डारीसंग अर्का अध्यक्ष प्रचण्डले पनि भेटेका थिए ।

पटक-पटक बैठकबाट पन्छिदैं आएका ओलीलाई वरिष्ठ नेता झलनाथ खनालले पार्टि भित्रको आन्तरिक विवाद पार्टि भित्र नै बैठकबाटै मिलाउन सुझाव दिए भने अर्का वरिष्ठ नेता माधव नेपालले ओलीको १० दिनको समय माग गरेको विषयलाई स्वागत गर्दै अझै समय चाहे लिन तर समय लम्याएर अर्कै काममा  नलाग्न आकाम नगर्न िन तर समय लम्यानै बैडन्त्रग्रह गरेका छन् । जवकी यो भन्दा पहिला पार्टि फुटको संघारमा पुगेर बैठक बोलाउन आग्रह गर्दा ओली कहिले भवन अवलोकनमा त कहिले योजना अवलोकन भन्दै निस्कदै आएका थिए ।

ओलीसंगको भेटमा प्रस्ताव सर्वसहमति सहित आएको र कुनै हालतमा फिर्ता नहुने भन्दै ओलीसंग कडा रुपमा प्रस्तुत भएका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीको प्रस्तावलाई स्वागत योग्य कदमका रुपमा लिएका छन् । गौतमले पार्टिमा हुने बहसमा यस प्रकारका आरोप लाग्नु सामान्य भएको भन्दै छलफलबाटै निस्कर्ष निकल्ने जनाएका छन् ।

प्रचण्ड र माधव पक्षले लिखित प्रस्ताव पार्टि सुधारका लागि ल्याएको दावी गरेपनि ओली पक्षका नेताले भने ओलीलाई बदनाम गर्न ल्याएको दावी गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका इस्वर पोखरेलले प्रचण्डको प्रस्ताव आरोप पत्र बाहेक अरु केही नभएको जनाए । प्रचण्डको आरोपलाई ओलीले गतिलै गरी जवाफ दिने उनको विश्वास छ ।

१० दिनको समय ओलीलाई दिदै सकिएको सचिवालय बैठकले मंसिर १३ गते पुन बैठक बस्ने र त्यो पछि १८ गते स्थायी कमिती र २५ गते केन्द्रिय कमिटी बस्ने निर्णय समेत गरेको छ । ति बैठकमा समेत यि विषयको उठान हुने भएपछि सचिवालयका अर्का सदस्य एवम अर्थमन्त्री विष्णु पौडेल भने रुष्ट भएका छन् । उनले स्थायी कमिटीमा लानु भन्दा सचिवालयबाटै समाधान खोज्न सुल्झाएका छन् । सचिवालयले नसक्ने हो भने सचिवालयको अर्थ नरहेको भन्दै सवैले एकमुष्ठ राजीनामा दिन प्रस्ताव समेत राखे

प्रचण्ड निकट भएपनि लामो समय मौन जस्तै बनेका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले १० दिन भित्र जवाफ दिने विषय स्वागत योग्य भएको जनाउदाँ प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कदम स्वागत योग्य भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *