होम आइसोलेसनमा बस्ने संक्रमितको हरि विजोग, व्यवस्थापनको जिम्मा स्थानीय तहको टाउकोमा थुपार्दै केन्द्र सरकार
कोरोना संक्रमण दिन प्रतिदिन भयावह हुदैँ बन्दै छ । तर कोरोना संक्रमितको सङ्ख्या बढेपनि परिक्षणको दायरा भने अझ-झन मक हुँदै गएकाे छ । स्वास्थ्य मन्त्रालयलको तथ्याङ्क अनुसार गत चौविस घण्टामा नेपालमा १ हजार ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने कोरोना अपडेटमा देशभरका विभिन्न प्रयोगशालामा गरीएको ६ हजार ७ सय ३१ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा १ हजार ३८ जना सहित देशभर १ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि भएको हो । अहिलेसम्म कुल संक्रमितको सख्या २ लाख १२ हजार ९ सय १७ जना पुगेको छ ।
चौबीस घण्टामा देशभर कोरोनाका कारण थप १२ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ५९ जना रहेका छन् । यही अवधिमा देशभर ३ हजार ५ सय ३८ जना निको भएका छन् । हाल सम्म कोरोना निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ७० जना पुगेका छन्। यो संक्रितको ८५ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर क्वारेन्टिनमा ९ सय १० जना रहेका छन् । संक्रिय संक्रमितको सख्या २८ हजार ८ सय ७८ जना रहेका छन्। देशभर आसियुमा उपचारत ३ सय २६ जना र भेन्टिलेटरमा ५४ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार आइसोलेसन हाल देशभर संक्रमितको ९० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा रहेका छन ।
सरकारले ब्यवस्थापन गरेका आइसोलेसन ब्यवस्थित भएको भन्दै उपत्यकामा घरमै बस्ने संक्रमितको संख्या बढदो छ । तर होम आइसोलेसनमा बस्दा एकातिर लापरबाहि बढिरहेको र अर्कोतर्फ सरकारले उपलब्ध गराउने सुविधाबाट बन्चित हुदा ज्यानै जानेसम्मको जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।
यसरी होम आइसोलेसनमा बस्दा एकातर्फ संक्रमितले पालन गर्नुपर्ने मापदण्ड पुरा नगर्नेको पाइएको छ भने अर्कोतर्फ लापरबाहि बढदा ज्यानै जाने जोखिमको अवस्था समेत रहेको चिकित्सकहरु बताउछन । संक्रमितको निगरानीतर्फ सरकारी उदासिनताले पनि विरामीको अवस्था जटिल हुदै गर्दा समेत उनीहरु अस्पताल पुग्न नसकेको जनाइएको छ ।
गम्भीर प्रकृतिका विरामी होम आइसोलेसनमा बस्दा स्वासप्रस्वासमा समस्या भइ अक्सिजन आवश्यक पर्ने अवस्थामा कहाँ र कसरी लैजाने अन्यौल हुदा मृत्यु समेत हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा सागरराज भण्डारी बताउछन् ।
अस्पताल होम आइसोलेसनमा बस्ने विरामीको अवस्था निगरानीका लागि स्थानीय तहलाइ जिम्मेवारी दिइएपनि चुस्त कार्यान्वन नहुदा संक्रमणसँगै मृत्युदर समेत बढदो छ ।
यस्तो अवस्थामा नियमक निकाय स्वास्थ्य मन्त्रालय भने होम आइसोलेसनको सम्पूर्ण जिम्मा स्थानिय निकायलाई दिएको भन्दै पन्छदैँ आएको छ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारी केन्द्र सरकारले मापदण्ड निर्माण गर्ने र स्थानिय तहले त्यसको कार्यानोयन गर्ने बताउछन् ।
महामारी नियन्त्रणमा स्थानीय तहको भूमिकामाथी प्रश्न उठिरहदा जनप्रतिनिधिहरु भने आफ्नै क्षेत्राधिकारमा रहेर काम गरिरहेको दाबी गर्छन । केन्द्रले खाली जिमा लगाउने तर अन्य सहयोग नगर्ने आरोप लगाउदैँ आएका स्थानिय तहहरु आफुले सक्ने काम गरिरहेको दावी गर्छन् ।
संक्रमण देशैभर समुदायस्तर फैलिइरहेको बेला संस्थागत आइसोलेसनप्रति विरामीको आकर्षण नहुनु दुखद पक्ष हो । एकातिर संस्थागत आइसोलेसन ब्यवस्थित नभएको गुनासो उठिरहेको छ भने अर्को तर्फ संक्रमित हुनेहरुले जानकारी नदिने,यत्तिकै ठिक हुन्छ भनेर हेलचक्राइ गर्ने जस्ता लापरवाहिले पनि नियन्त्रणमा कठिनाइ भएको सरकारी अधिकारीहरु बताउछन । संक्रमण देखिए वा शंका लागे तुरुन्त परिक्षण गर्न तथा स्वास्प्रश्वासमा कठिनाइ भए तत्काल एम्बुलेन्समार्फत अस्पताल पुग्न र हेलचक्राइ नगर्न चिकित्सकहरुको सुझाव छ ।