ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जोरविजोरका नाममा जनतालाई सास्ती मात्रै

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

सरकारले भिडभाड कम गर्न भन्दै गत साउन २२ गते देखि लगाएको जोरविजोर प्रणाली आझै हटाएको छैन् । जसले गर्दा आम सर्वसाधारण मारमा परेका छन् । लकडाउन विस्तारै हटाउदै गएपनि जोरविजोर प्रणाली भने तत्काल नहटाउने बताएको सरकारले साउन यता थुप्रै निर्णय गरेपनि जोरविजोर भने अहिले सम्म हटाएको छैन् । जसको परिणाम स्वरुप दैनिक सात आठ सय जनाले कारवाहि भोगिरहनु परेको छ ।
भिडभाड नियन्त्रण गर्न भन्दै सरकारले अहिले सम्म जोरविजोरलाई जारी राखेपनि दशैं तिहारमा न्यूरोड, असन ईन्द्रचोक तिरको ठेलमठेललाई नियन्त्रण गर्न सकेन । अहिले पनि सडक जामको अवस्था उस्तै छ । तर अहिले जोरविजोरका नाममा सरकारले आम सर्वसाधारण जनताबाट दैनिक लाखैं रुपैयाँ राजस्व उठाईरहेको छ ।
अहिले पनि उपत्याकामा सैद्धान्तिक रुपमा जोरविजोर प्रणाली लागु भएपनि व्यावहारीक रुपमा भने लागु भएको छैन् । न त सरकारले लगाएको जोरविजोर प्रणाली प्रभावकारी भएर भिडभाड नै नियन्त्रण भएको छ न त नागरिकले ढुक्कसँगले हिडडुल गर्न पाएका छन् ।
सरकारको निर्णय बमोजि अहिले पनि जोरविरोज लागु भएको र दैनिक सात आठ सय जना जोरविजोर उल्लंघन गर्नेलाई कारवाहि भईरहेको ट्राफिक महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
गाडीहरुको भिडभाडलाई नियन्त्रण गर्न जोरविरोर लागु गरेको ढकालले बताए । सरकारले एक पछि अर्को गर्दे अन्य क्षेत्रहरु खुल्ला गरेपनि जोरविजोरको विषयमा के गर्ने भनेर अहिले सम्म छलफल हुन सकेको छैन् । सरकारले भिडनियन्त्रण गर्न भन्दै जोरविरो प्रणाली लागु गरेपनि चाडपर्वको समयमा भने भिड नियन्त्रण गर्न सकेन । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भने जोरविजोर प्रणालीले भिड नियन्त्रणमा महत्वपूर्ण भुमिका खेले बताउ छन् ।
जोरविरो प्रणालिको विषयमा समिक्ष गरेको र अव टाउने कि के गर्ने विषयमा ट्राफिक कार्यलय सँग छलफल गरेर डिसिसिएमसि र सिसिएमसिमा सिफरिस गर्ने उनले बताएका छन् । अहिले पाटी प्यालेस, स्कुल, सिनेमा हाल लगायत बाहेक अन्य क्षेत्रहरु खुल्ला भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *