ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तिहार लगतै तीन वटा कम्पनीको आईपीओ आउदै, डिसहाेमको पनि यसै महिना,

काठमाडौं । यो आर्थिक बर्ष सुरु भए यता मात्रै चार वटा ठूला कम्पनीहरुको आईपीओ निष्काशन भएर नेप्सेमा सूचीकृत भईसकेका छन् । अन्य १३ वटा कम्पनीको आईपीओ पाइपलाईनमा रहेका छन । त्यस्तै माउन्टेन ईनर्जीको आईपीओ भर्ने अन्तिम मिति आज बुधकार सम्म रहेको छ भने तीन वटा कम्पनीको आईपीओ पनि यसै महिना निष्काशन हुने तरखरमा रहेका छन् ।
यो आर्थिक बर्ष सुरु भए यता मात्रै हाल सम्म आईपीओ निष्काशन गर्ने कम्पनीहरुमा रिलायन्स ईन्सुरेन्स, समाज लधुवित्त वित्तीय संस्था, जनरलइन्सुरेन्स र सानिमा जनरल ईन्सुरेन्स रहेका छन् । जसमा रिलायन्स ईन्सुरेन्स कम्पनीको दुई कोरोड १० लाख कित्त, समाज लधुवित्तको दुई लाख कित्ता, जनरल ईन्सुरेन्सको एक करोड कित्ता, र सानीमा जनरल ईन्सुरेन्सको एक करोड कित्ता गरि ४ करोड १२ लाख कित्ता शेयर निष्काशन भएर बाँडफाँड भईसकेको छ । त्यस्तै गत २६ गते बाट माउन्टेन ईनर्जीको २२ लाख १० हजार कित्ता आईपीओ निष्काशन गरेको छ जसरको आवेदन दिने अन्तिम मिति बुधबार आज सम्म रहेको छ ।

आईपीओ खुल्ला गर्न भन्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका १९ वटा कम्पनीको आवेदन स्विकृत भएको थियो । जसमा चार वटाको आईपीओ निष्काशन भएर नेप्सेका सुचीकृत भईरकेका छन् भने एउटा माउन्टेन ईनर्जीको आईपीओमा आदेन दिने अन्तिम मिति आज सम्म रहेको छ ।
आईपीओ निष्काशन गर्नलाई नेपाल धितोपत्र बोर्डले तोकेका मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । जसमा आवेदन दिएका कम्पनीहरु मध्य ५ वटाले प्रकृया पुर्याएर नेप्सेमा सूचीकृत भईसकेका छन् भने थप तीव वटा कम्पनी अध्यभोटेकोशी, चन्द्रागिरी हिल्स, र प्रभु ईन्सुरेन्सको प्रकृया पनि पुरा भएको धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बोर्डले अनुमति दिएको दुई महिना भित्र आईपीओ निष्काशन गरिसक्नु पर्ने कानूनी प्रवाधान गरेकोले यो महिनामै तीन ओवटा मम्पनीको आईपीओ निष्काशन हुने धितोपत्र बोर्डको भनाई छ ।
अन्य बाँकि १३ ओटा कम्पनीको पनि प्रकृया पुरा गरेका यो आर्थिक बर्ष भित्रै आइपीओ निष्काशन हुने बोर्डले जनाएको छ ।


तिहार लगत्तै निष्काशन हुने कम्पनीहरुमा चन्द्रगिरी हिल्सको १८ लाख ४० हजार कित्ता, प्रभु ईन्सुरेन्सको ६० लाख कित्ता र मध्य भोटेकोसीको एक करोड ५० लाख कित्ता रहेको छ ।
त्यस्तै डिस्होमको पनि यो महिना भित्रै आईपीओ निष्काशन हुनसक्ने बोर्डको भनाई छ । डिसहाेले २३ लाख ८५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको छ ।
आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका अन्य कम्पनीहरुमा शुभम पावर कम्पनी, ईनर्जी नेपाल लिमिटेड, सिईडिवी हाईड्रो, तेर्हथुम हाईड्रो विन्धवासिनी हाईड्रो रहेका छन् । आवेदश दिएका सबै कम्पनीको प्रक्रिया पुगेमा नेप्सेमा थप ४ अर्ब बढिको पूजी थपिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *