ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिनियाँ राजदुत र प्रधानमन्त्रीबीच गोप्य भेटवार्ता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हाउ यान्छीबीच मगंलबार राती दुइ घण्टा लामो गोप्य भेटवार्ता भएको छ । पार्टीभित्र पटकपटक विवाद आउँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सक्रिय भूमिका खेल्दै आएकी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले यो पटकपनि रणनीति बनाउँन ओलीसँग भेट गरेको बुझिएको छ ।

मंगलवार राती आठ बजेर दश मीनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी राजदूत यान्छी दश बजेर दश मीनेट जाँदा अर्थात दुई घण्टासम्म भित्रै थिइन् । राजदूत हाउ र ओलीबीचको भेटघाट तथा त्यसको एजेण्डाबारे दुबैतर्फबाट केही खुलाइएको छैन।

तर ओलीको विपक्षमा नेकपा केन्द्रीय सचिवालयमा बहुमत बनेपछिको यो भेटघाट राजनीतिक परिस्थितिबारे र सरकारको स्थायीत्वमाथि नै केन्द्रीत रहेको बुझिएको छ।

गत बैशाख १९ गते केन्द्रीय सचिवालयमा पहिलो पल्ट ओली अल्मतमा परेपछि राजदूत हाउले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलग–अलग भेटेर भोलीपल्ट निर्धारित केन्द्रीय सचिवालय बैठकमा ओलीलाई सहयोग गर्न आग्रह गरेपछि प्रचण्ड र नेपाल एकाएक दुबैले ओलीविरुद्धको एजेण्डालाई स्थगित गरेका थिए।

त्योसँगै एकतावद्ध भएर अघि बढ्ने उनीहरुले निर्णय गरेका थिए, ओलीको राजीनाको माग गौण बनेको थियो। अहिले फेरी यो प्रयास जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *