ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पश्चिमी वायुका कारण बिग्रीएकाे माैसममा बुधाबारबाट पुर्ण रुपमा सधार

पश्चिमी वायुका कारण मौसम बदलिहुँदा सुदूरपश्चिम र कर्णालीमा बर्षात हुनुका साथै उच्च हिमाली क्षेत्रमा उच्च हिमाली क्षेत्रका बाक्लै हिमपत भएको छ । हिमपातका कारण तिहार मनाउदै गरेका उच्च हिमाली क्षेत्रकाको जनजीवन प्रभावित बनेको छ । सुदूर पश्चिमबाट सोमबार राती नेपाल भित्रिएको वायुले मध्य, उपत्यका र पूर्वी भेगमा पानी पार्न नसकेपनि सुदूर पश्चिम र कर्णाली क्षेत्रमा पानी परेको थियो जस कारण उच्चहिमाली भेगमा चिसो बढ्नुका साथै बाक्लो हिमपात भएको छ । हिमपातका कारण मुस्ताङका उच्च क्षेत्रको तापक्रम माईनस २० डिग्रीमा झरदा जनजीवन कष्टकर भएको हो । मंसिर सुरुभएसँगै मुस्ताङमा हिमपात भएको छ । सोमबार बिहानै देखि मुस्ताङको उत्तरीक्षेत्रमा हिउँ पर्न सुरु भएको थियो । हिमपातका कारण उत्तरीक्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाँउपालिकामा एक फिटसम्म हिउँ जमेको छ । त्यस्तै, मुक्तिनाथक्षेत्र र आसपासका गाँउहरुमा पनि हिमपात भएको छ । गत वर्ष उपल्लो मुस्ताङमा कार्तिकमा हिउँ परेको थियो भने यसवर्ष कार्तिकको अन्तिममा हिमपात भएको छ ।
त्यस्तै गोरखाको चुमनुब्री गाउँपालीकाको उत्तरी भेग सामागाउँ, छेकम्पर क्षेत्रमा पनि हिमपात भएको छ । गत बर्ष भन्दा यस बर्ष चाडै हिउँ परेको चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिएका छन् ।
त्यस्तै पश्चिमि वायुको विशेष प्रभाव परेको कर्णाली र सुदूरपश्चिममा पनि बाक्लै हिमपात भएको छ । सोमबार बिहान परेको हिउँले माथिल्लो डोल्पाका ३ गाँउपालिका शे–फोक्सुण्डो गाँउपालिका डोल्पोबुद्द गाँउपालिका र छार्का ताङसोङ गाँउपालिकामा चिसो अत्यधिक बढेको स्थानीयले जनाएकाछन । माथिल्लो डोल्पामा आधा फिट सम्म हिउँ जमेको स्थानीयले बताएकाछन । तिहार मै हिउँ परेपछि तल्लो डोल्झर्ने भोटबासिहरु गाँउमै अलमलमा परेका छन । याक घोडा पाल्न तल्लो डोल्पा आउने भोट बासी लेखमा हिउँ जमेपछी अन्यौल मा परेका हुन । हिउँ परेपछि माथिल्लो डोल्पामा पानी जमेको छ भने तल्लो डोल्पामाचिसो अत्याधिक बढेको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड क्षेत्रमा यसवर्षकै पहिलो हिमपात भएको छ । डोटी, अछाम, बाजुरा र बझाङको सीमानामा खप्तड राष्ट्रिय निकुञ्ज चाँडौ हिमपात भएपछि यस बर्ष सुदूरपश्चिममा पर्यटक बढने सुदूरपश्चिमका पर्यटक व्यवसायीले बताएका छन् । तीनै जिल्लाका विमानस्थल कालोपत्रे भएपछि हवाई सेवा सुरु भएको हो ।
सोमबार राती देखि विग्रीएको मौसयमा बुधबार देखी सुधार आउने जलतथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । मंलबार देखि सुधार आउन थालेपनी बुधार देखि पूर्णरुपमा सुधार आउने छ । उपत्यका र पश्चिम क्षेत्रमा मंगलबार देखि नै घाम लागेपनि कर्णाली र सुदूरपश्चिममा भने बुधबार देखि मात्रै घाम लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *