ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

केपी पछि प्रचण्ड पनि शितल निवास, नेकपाकाे विवाद समाधान हाेला त !

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले राष्ट्रपतिलाई भेटेपछि अर्का अध्यक्ष प्रचण्डले समेत राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटर्का छन् । नेकपा भित्र चर्को विवाद बढेका समयमा दुई अध्यक्षको राष्ट्रपतिको भेटलाई महत्वका साथ हेरिएको छ ।

ओलीले राष्ट्रपतिलाई भेटेपछि ओली निकट महासचिव विष्णु पौडेलले प्रचण्डलाई भेट्नु र प्रचण्डले राष्ट्रपतिलाई भेट्नुलाई राजनीतिक रुपमा विशेष महत्वा राख्ने राजनीतिकका जानकारहरु बताउछन् ।विवाद बपा भित्र चर्कपकोपार्टी ९लागि

यता प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्षलाई चौतर्फि दवाव बढेपछि ओलीको सकृयता बढेको छन् । बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का अध्यक्ष प्रचण्ड सहित शिर्ष नेताले लिखितरुपमा नै ओलीको कार्यशैलीको विरोध गरेपछि ओलीले छलफललाई तिव्रता दिएका हुन् ।

आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमालाई भेटेर लिखित प्रस्ताव फिर्ता गर्न आग्रह गरेका ओली एका एक राष्ट्रपति निवास समेत पुगेका थिए । पार्टिको आन्तरिक राजनीतिमा पटक-पटक भूमिका खेलेर ओलीलाई सहयोग गर्दै आएकी राष्ट्रपति विद्यादेवि भण्डारीसंगको ओलीको भेटले ओलीलाई अझै शक्तिशाली बन्न प्रेरित गरेको विश्लेषण हुन थालेको छ ।

यसरी शिर्ष नेतृत्व र राष्ट्रतिसंगको भेटपछि ओलीले पुर्व माओवादी निकट नेताहरुलाई फकाउन थालेका छन् । सोमबार अवेर ओलीले पुर्व माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई सरकारी निवास बालुबाटार बोलाएका थिए ।

उनीहरुलाई मनाउन ओली पक्षबाट ओली स्वयमको नेतृत्वमा उपप्रधान मन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, सुवास नेम्वाङसहितका नेताहरू सहभागी भए ।  तर उनीहरुले पनि प्रधानमन्त्रीलाई लचिलो बन्न सुजाव दिएपछि प्रधानमन्त्री यो पास्सा पनि पल्टिएको जानकारहरु बताउछन् ।

भेटमा पार्टि संकटमा परेको र पार्टि फुटबाट जोगाउन प्रधानमन्त्री लचन नहुनुको विकल्प नरहेको सुझाव दिएको छलफलमा सहभागि नेता देवेन्द्र पौडेलले जानकारी दिए । त्यसो त स्थाइ कमिटी सदस्य रहेका परराष्ट्रमन्त्री प्रदिव ज्ञवालीले पनि सामाजिक सञ्जाल मार्फत पार्टी संकटमा परेको जनाएका थिए ।

नेताहरुसंगको छलफलमा ओलीले पार्टि फुट्न नदिने प्रतिवद्दता जनाएको नेता पौडेलको भनाई छ ।  नेकपाको आगामी सचिवालयको बैठक मङ्सिर ३ गतेलाई तय भएको छ । ओली पक्ष दस्तावेज फिर्ता नलिए वैठक नवस्ने पक्षमा छ भने नेताहरु कुनै हालतमा फिर्ता नलिने बताउदैँ आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *