बंगलादेशसंग नेपाल गोल रहित बराबरीमा रोकियो
नेपालले बंगलादेशसंग दोस्रो मैत्रीपूर्ण खेल बरावारी खेलेको छ । बंगलादेशको बंगबन्धु रंगशालामा भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग 0-0को बराबरी खेलेको हो ।
पहिलो खेल २-० ले गुमाएको नेपाली टोलीले दोस्रो खेलमा भने उत्कृष्ठ प्रदर्शन गरेको थियो । आक्रामक खेल प्रस्तुत गरेपनि कुनै गोल गर्न नसक्दा नेपाल बराबरीमा रोकिन बाध्य भयो ।
बंगलादेशसंग उतकृष्ठ खेल खेलेको नेपाली टोलीबाट नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरे । यो बरावरीसंगै बंगलादेशले भने ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ जितेको छ ।
बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको हो ।बंगलादेशमा दुई मैत्रीपुर्ण खेल खेलेको नेपालले कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटका लागि ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।
अवे र एक होम खेलका आधारमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।