हिमाली क्षेत्रमा हिमपात- कतै हर्ष कतै पिडा
हिमाली जिल्लामा हिमपात सूरुभएसंगै चिसो बढेको छ । हिमाली जिल्लामा हिमपात सुरु भएसंगै त्यहाको तापक्रम माइनसमा झरेको छ ।
हिमाली जिल्ला हुम्लामा हिमपात भएसंगै त्यहाको तापक्रम माइनस सात डिग्रीमा झरेको छ । उता मनाङ र मुस्ताङमा समेत हिमपात हुदाँ जनजिवन कष्टकर बन्दै गएको छ ।
हिमपात भएसंगै जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी छन् तर कोरोना महामारीका कारण माथीनै अड्केका किसान भने समस्यामा पर्न थालेका छन् ।
गर्मिको मौसमा हिमाली क्षेत्रमा गोठ लिएर गएका किसान कोरोनाका कारण उतै रोकिएका थिए । चसोको कारण उनीहरुको जिवन भने केहे कठिन बनेको हो ।
यता जलतथा मौसम विज्ञान विभागले मंगलबार देशका विभिन्न भू(भागमा आंशिक बदली रहने र धेरै स्थानमा चिसो बढ्ने जनाएको छ ।
देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू-भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने विभागको भनाई छ ।