ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भाइटिकाकै दिन विप्लप समुह र प्रहरीविच गोली हानाहान

संखुवासभाको चैनपुर नगरपालिका ४ मा प्रतिवन्धित विप्लप समुह र प्रहरी विच झडप भएको छ ।

चैनपुरमा रहेको विप्लपका समुहका जिल्ला इन्जार्ज समेत रहेका युवराज राईको घरमा विप्लप समुहको चहलपल बढेपछि प्रहरीले उक्त स्थानमा सकृयता बढाएको थियो । प्रहरीको सकृयता बढाए पछि प्रहरीमाथी एकाएक विहान अज्ञात समुहले गोली प्रहार गरेको थियो ।

विहान करिव १० बजे गोली हानेपछि पव्रहरीले समेत जवाफी फायर गरेको र उक्त समुह विप्लप समुह रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद आचार्यले जानकारी दिए ।

घटना स्थालमा अझै प्रहरी तैनाथ रहेको र क्ष्यतिको एकिन विवरण समेत आइनसकेको प्रजिअ आचार्यको भनाई छ । भाइटिकाको दिन गोली हानाहान भएपछि केही समय उक्त स्थानमा त्रास बढेपनि अहिले अवस्था सामान्य रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *