ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रानीपोखरीमा भाईटिका लगाउनेको घुँइचो , भोली पनि खुल्ने

दिदिवहिनी तथा दाजुभाई नहुनेहरुले रानीपोखरीस्थित वालगोपालेश्वरको मन्दिरमा भाइटिका ग्रहण गर्ने गर्दछन् । २ हजार ७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भएको रानीपोखरी र बालगोपालेश्वरको मन्दिर पाँच वर्षपछी गत असोजमा निर्माण सम्पन्न भएपछी सोमवार यहाँ भाइटिका ग्रहण गर्नेहरुको घुइचो देखिन्छ ।

२ हजार ७२ सालमा क्षतिग्रस्त भएको रानीपोखरी र वालगोपालेश्वरको मन्दिर गत असोजमा निर्माणसम्पन्न भयो । उक्त सम्पदाको पुर्ननिर्माणसँगै यो वर्षको तिहारमा वालगोपालेश्वरको मन्दिरमा दिदिवहिनी तथा दाजु भाइ नहुनेहरुले टिका ग्रहण गर्ने मौका पाएका छन् । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्व मन्दिर वर्षको एकपल्ट भाइटिकामा खुल्ला हुने गरेको छ ।

रानीपोखरी सम्पदाको पुर्ननिर्माण पछी यो वर्षको तिहारमा पाँच वर्षपछी पहिलो पटक खुलेको हो । पाँचवर्ष पछी रानीपोखरीमा टिका लगाइदिन आएका दिदिवहिनीहरुले खुसी लागेको प्रतिकृया दिएका छन् । एक टिका लगाइदिन आएकी रविना कपालीले रानीपोखरी पुर्ननिर्माणपछी आफु निकै खुसी भएको प्रतिकृया दिइन् । ” म ९ वर्षको हुँदा देखी रानीपोखरीमा टिका लगाउदै आएकी छु । भुकम्प आउनु भन्दा अगाडी जस्तै गरी टिका लगाउन मानिसहरु आएका छन् ,विहान देखी अहिलेसम्म मैले १ हजार जनालाई टिकाइ लगाइसके, कपालीले भनिन् । ”

यहाँ टिका लगाउन आएका श्रद्धालु तथा भक्तजनहरुले मिश्रित प्रतिकृया दिएका छन् । इन्दु श्रेष्ठले रानीपोखरीको पुर्ननिर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरिन । ” रामकृष्ण” नाम वताउने भक्तजनले कोभिडका कारण सम्पदाको पुर्निमार्ण सम्पन्न भएपनि मास्क सेनिटाइजर जस्ता प्रोटोकलको पालना गर्दा पुरानो अनुभुति आउन नसकेको प्रतिकृया दिए ।

कोभिडका कारण काठमाडौं महानगरपालिकाले यो वर्षको तिहारमा टिका लगाउनेहरु मात्रै रानीपोखरी जान आग्रह गरेको थियो । रानीपोखरीमा टिका लगाउदा अनिवार्यरुपमा मास्क , सेनिटाइजरको प्रयोग गर्न महानगरपालिकाले सर्वसाधारणलाई आव्हान गरेको थियो । यसको अतिरिक्त रानीपोखरीभित्र छिर्ने व्यक्तिको ज्यारो जाँच गरिएको थियो ।

स्थानियहरुले यस पालीको तिहारमा रानीपोखरीमामा मानिसहरु जसरी आउनुपर्ने हो त्यति संख्यामा नआएको वताउँछन् । कोभिड नभएको भए भुकम्प जानु भन्दा अगाडीको जस्तै चलपल हुने उनीहरु अपेक्षा थियो । यो वर्ष कोभिडका कारण सर्वसाधारणको उपस्थिति कम भएपनि कोभिडको खोप आएमा अर्को वर्षको रौनक राम्रो हुनेमा स्थानियवासिन्दा आसावादी देखिन्छन् । तर रानीपोखरीको पुर्ननिर्माण कार्य सम्पन्न भएका भने उनीहरुको हर्षको कुनै ठेगाना छैन् ।।

जसको असर पाँच वर्षपछी निर्माण सम्पन्न भएको रानीपोखरीमा पनि देखिएको छ । कोभिडका त्रासका कारण निकै नै कम मात्रमा टिका ग्रहण गर्नेहरु यहाँ पुगेको स्थानियहरु वताउँछन् । वर्षमा एक दिन मात्रै खुल्ने रानीपोखरी भोली नेवार समुदायको किजा पुजा रहेकाले मंगलवार पनि खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *