ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रानीपोखरीमा तेस्रो लिङ्गीको भाइटिका

बर्षमा एक दिन भाई टिकाको दिनमात्र खुल्ने रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका लाउनेको भिड बाक्लै थियो । आफ्ना दाजुभाइ नभएका दिदिबहिनी र दाजुभाइ नभएका दिदिबहिनि टिका थाप्न रानी पोखरी पुग्ने गर्छन् ।

२०७२ सालको भूकम्पले पूर्ण क्ष्यति पुर्याएको बालगोपालेश्वर मन्दिर भुकम्प पछि पहिलो पटक खूल्ला भएको हो । लामो समय बन्द भएको मन्दिर, एक दिनमात्र खूल्ला हुने त्यसमाथी कोरोना महामारीका कारण यो बर्षको तिहार कस्तो होला भन्ने जिज्ञासा धेरैको थियो । तेसैले पनि ‘द प्रेस नेपाल’को टिम बिहानै देखि मन्दिर वरिपरि नै थियो ।

टिकाहरु ग्रहण गर्नेहरुका विच हाम्रो क्यामराको लेन्सले एउटा तेस्रो लिङ्गीले टिका ग्रहण गर्दै गरेको दृष्य कैद गर्यो । दृष्य पछि हामी उनको विषयमा कुरा गर्न खोज्यौ र उनले पनि आफुलाई हामीसंग सहजै प्रस्तुत भइन् ।

सिराहको राजविराजबाट काठमाडौं घुम्न आएकी दुर्गा शाह, एक-एक रानीपोखरीको आकषर्ण र त्यहाको भाइचाले आफुलाई पुलकित बनाएको उनले सुनाइन् । आफुलाई पटक-पटक तेस्रो लिङ्गी भएको बताउने शाहले दाजु भाइ दुवैबाट टिका ग्रहण गरेको बताइन् ।

समाजले तेस्रो लिङ्गी भएकै कारणले गर्ने दुर्वयबहार उनलाई केही समयका लागि भुलाइदियो रानीपोखरीको त्यो माहोलले । समाजमा सवै व्यक्ति समान हो भनेर रानीपोखरीले सिकाएको बताउने शाह भाइटिकाको दिन जस्तै अन्य दिनपनि समाजले गर्ने व्यवहार सकारात्मक होस भन्ने चाहन्छिन् ।

रानीपोखरीमा उनीमात्रै हैन उनीसंगै काठमाडौं आएका अन्य तेस्रो लिङ्गीले समेत भाइटिका लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *