ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल संवत मौलीक र साझा संवत

नेवारी समुदायले नयाँ बर्ष अर्थात नेपाल संवत ११ सय ४१ मानाएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको मानिन्छ ।

नेवार समूदायका अगुवाहरुले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको भन्दै सरकारसँग असन्तुष्टी व्यक्त गरेका छन् ।

नेपालको आफ्नो संवत हुँदाहुँदै पनि प्रचलनमा नल्याउनु दुः खद भएको नेवार समुदायका अगुवा तथा सर्वसाधारणहरुको भनाई छ । सताव्दि पुरुष सत्यमोहन जोशिले नेपाल संवतलाई आधिकारीक तथा मौलीक संवतको रुपमा मनाउन आग्रह गरेका छन् ।

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिँदै आधिकारिक रुपमा प्रचलनमा ल्याउनुपर्ने माग राख्दै विसं २००७ साल देखि नै अभियान चल्दै आएको छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

नेपाल संवत् ११४१ का अवसरमा मध्यपुर थिमिमा शंखधर साख्वाको प्रतिमामा माल्यांपन गरि मनाएको छ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल संवत एकल जातियको मात्र नभई सबै नेपालीहरुको मौलिक संवत भएको बताए ।

उनले अहिले यो संवत सरकारले राष्ट्रिय संवत घोषणा गरेता पनि नेपालीहरुले आत्मसाथ गर्न नसकेकाले यो संवत नेवार समुदायको भन्नु गलत बुझाई रहेकाले यसलाई चिर्नु पर्ने उनको भनाई छ । नेवारी समुदायले नयाँ बर्षको अवसरमा म्हस् पुजा समेत मनाएका छन् । पात्रोमा तिथि फरक परेको भन्दै केही नेवार समुदायले आइतबार नै किजा पुजा मनाए भने कतिपयले सोमबार मात्र म्हस् पुजा मनाएका छन् ।

तेस्तै आइतबार म्ह पुजा बनाएकाले सोमबार किजा पुजा अर्थात भाइटिका मनाएका छन् भने सोमबार म्ह पुजा गरेकाले मंगलबार किजा पुजा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *