ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्यालय र विद्यार्थी हिड्ने बाटोको नजिक क्वारेन्टाइन र आइसोलेसन निमार्ण गर्न नपाइने

विद्यालय सञ्चालनको तयारी गरिरहदाँ सरकारले विद्यालय क्षेत्रमा कोरोना सम्वन्धि कुनैपनि गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको छ । कोरोना संक्रमणका कारण एउटा शैक्षिक सत्र नै समाप्त हुन लागेको समयमा विद्यालय सञ्चालनको तयारी गरेसंगै विद्यालयमा कोरोना संवन्धि गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको हो ।

कोरोना संक्रमण पछिको विद्यालय सञ्चालन ढाँचा नै तयार पारेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको हो । मन्त्रालयले विद्यार्थीको आवता जावतमा असर नपर्ने गरी क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्न निर्देशन दिएको छ । यो संगै विद्यार्थी हिडडुल गर्ने क्षेत्र र बाटोको नजिक पनि क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्न पाइने छैन ।

मन्त्रालयद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा भनिएको छ -विद्यालय र विद्यालय परिसर भित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरू नराख्ने’।

यस अघि कोरोना संक्रम तथा व्यवस्थापनका लागि अधिकाम्स सामुदायिक विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिएका थिए । उक्त क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग भएका विद्यालयहरूलाई सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम निर्मलीकरण गर्न सम्बन्धित स्थानीय तहहरूलाई निर्देशन दिइएको छ ।

स्थानीय तहहरूलाई जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार आफ्नो क्षेत्रभित्रका विद्यालयहरूको अवस्था विश्लेषण गरी विद्यालय बन्द वा पुनःसञ्चालनको अधिकार दिइएको छ ।

विद्यालय पुनः सञ्चालन सम्बन्धी निर्णय लिंदा उपलब्ध भएसम्म जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक महासंघ, विद्यालय सञ्चालका छाता संगठनका पदाधिकारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल युवा क्लबका पदाधिकारी र सदस्यहरूसंग परामर्श लिनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *