५ बर्ष पछि खुल्यो बालगोपालेश्वर मन्द्रिर, टिका लाउने मात्र जान महानगरको आग्रह (रात्रीकालिन फोटोसहित)
सेयर गर्नुहोस
7 - 7Shares
रानीपोखरीको बिचमा रहेको बालगोपालेश्व मन्दिर यो बर्षको भाइटिकामा खुल्ला भएको छ । २०७२ सालको भुकम्पले पूर्ण रुपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूनर्निर्माणको काम सम्पन्न भएपछि करिव ५ बर्षमा खुल्ला भएको हो ।
भाइटिकाको दिन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने गर्दछन् । आज र भोली खुल्ला हुने मन्दिर दुलही जस्तै सिगारिएको छ ।
महानगरले महामारीको कारण दर्शन गर्न आउनेहरुको ज्वरो नाप्ने र मास्क समेत वितरण प्रवन्ध मिलाएको छ । भने टिका लगाउने वाहेक अन्यलाई नआउन समेत आग्रह गरेको छ । मन्दिर खुल्ने अघिलल्लो रात खिचिएका केही तस्विरहरु