ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तेञ्जिङ हिलारी विमानस्थल स्थानिय तहको जिम्मामा छोडिने

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताएका छन् । 

खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको आइतबार उद्घाटन गर्दै मन्त्री भट्टराईले स्थानीय सरकारको मागअनुसार कानुनी प्रक्रिया पूरा गरी चाँडै हस्तान्तरण गर्ने जानकारी दिए । 

मन्त्री भट्टराईले कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल भएका समयमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउदै पर्यटकलाई स्वागत गर्न आग्रह गरे । 

उनले  खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पदमार्गमा पर्यटकका लागि शौचालयको व्यवस्थापन गर्ने तथा नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु भएकाले होटल सञ्चालक, गाइड र मजदूरलाई विशेष तालिम दिइने पनि घोषणा गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *