ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा भित्र हार गुहार

नेकपा विवाद उत्कर्षमा पुगेको समयमा सचिवालय बैठक बसेपछि सुरु भएको संवाद दोषा रोपणमा केन्द्रितमात्र भएको छैन आफ्नो गुट अझै शक्तिशाली बनाउने कसरत समेत बढ्दो छ ।

प्रचण्डसंग मिलेर लिखित रुपमानै ओलीको कार्यशैलीको विरोध गरेका वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष केपीशर्मा ओलीलाई भेटेका थिए । नेपालसंगको भेटमा प्रचण्डको कार्यशैलीप्रति ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

पाचँ जना नेताहरुले लिखित रुपमा दिएको प्रस्ताव फिर्ता गर्न ओलीले नेपाललाई आग्रह गरेको जनाइएको छ । ओपचारीक कार्यक्रममा पार्टि फुट्न नदिने बताउदैँ आएका नेताहरु संगै बस्न नसकिने अवस्थामा पुगेका छन् । नेपालसंगको भेटमा पनि ओलीले संगै बस्न नसकिने संकेत गरेको नेपाल निकट स्रोतको भनाई छ । त्यतिमात्र नभइ ओलीले नेपाललाई पदको लागि समेत प्रस्ताव गरेको जनाइएको छ ।

तर उता अर्का अध्यक्ष प्रचण्डले पार्टि नफुट्ने जिकिर गरेका छन् । पार्टि पदका लागि भन्दा जनताको काममा लागि परेको बताउदैँ पार्टि फुटको गुन्जायस पनि नरहेको दावि गरेका हुन् । उनले भने( ‘हामी कम्युनिष्ट हुनुको नाताले हाम्रा कुराहरु इमान्दार र पारदर्शी तरिकाले बहस गर्छौं । विरोधीहरुलाई लाग्न कि यो पार्टी फुट्छ र छियाछिया हुन्छ, चकनाचुर हुन्छ र कसैले पनि भविष्य हाम्रो हुन्छ भन्ने नठाने हुन्छ । पद होइन जनता, राष्ट्रको सेवा मुख्य कुरा हो’, उनले भने, ‘मैले संविधान निर्माण, स्थानीय तहको निर्वाचन र पार्टी एकताताका पद हाम्रो विषय होइन स्थिरता र राष्ट्रलाई निकास दिने ऐतिहासिक जिम्मेवारी हो भनेको थिएँ । पद दिएर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो ।’

पार्टि भित्रको लडाइ गुटगत भन्दा पनि पार्टिलाई कसरी जोगाउने र बलियो बनाउने पक्षमा रहेको भन्दै उनले भने( ‘पार्टी एकताको रक्षा कसरी गर्ने रु किनभने पार्टी एकता जनताको भरोसा र ठूलो उत्सवका साथ असाधारण काम नै गरेको हो । यो असाधारण काम र जनताको भरोसालाई कसरी कायम राख्ने भन्ने विषयमा यति बेला हाम्रो चिन्ता हो’, उनले भने, ‘कम्युनिष्टहरुले पदका नीम्ति झिनाझिम्टी गरेका भन्ने प्रतिक्रियावादी तत्वहरुको विश्वास नगर्न अपिल गर्दछु । हामी पार्टी एकतालाई कसरी अगाडि बढाउने रु विचार र विधि तथा पद्धतिमा कसरी लैजाने भन्ने विषयमा केन्द्रीत भएर हामीले संघर्ष गरेका छौं ।’

यसरी दुई अध्यक्षका फरक फरक विषयहरु सार्वजनीक भइरहदाँ आइतबार नै उपाध्क्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई भेटेका थिए । औलीले नेपाललाई जस्तै प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए । तर गौतमले प्रस्ताव फिर्ता नहुने ओलीलाई प्रष्ट पारेको जनाइएको छ । उनले सामुहिक निर्णय भएको भन्दै फिर्ता लिन नकसिने प्रष्ट पारेका हुन् ।

३ हप्ता लामो गतिरोध चिर्दै बसेको सचिवालय बैठक दुई अध्यक्षका चिठीहरुमात्र आदान प्रदान गर्दै स्थगित भएपछि शिर्ष नेताहरुको कसरत थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *