ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल संवत एघार सय एकचालीस सुरु , घर -घरमा म्ह:पुजा

नेवार समुदायले आज नयाँ बर्ष अर्थात नेपाल संवत ११ सय ४१ मनाँउदै छन् । नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना गरेका छन् भने आफुलाई नै पुजा गर्ने म्ह पूजा पनि आज नै गरेका छन् ।

आज भन्दा ११ सय ४० बर्ष पहिला भक्तपुराका ज्योतिशीले ज्वोतिस विद्याको मार्फत विष्णुमति र भद्रमतिको दोभानबाट लखुतीर्थबाट विहानै वालुवा निकालेको देखेर त्यहाका व्यापारी संखधर साख्वाले सोधिखोजि गर्दा ज्योतिसको निर्देशनमा वालुवा निकालेको जनाएपछि वबालुवा वोक्नेलाई केही लोभमा पारेर बालुवा आफ्नो घरमा लगेको र उनीहरुलाई पुन सोही ठाँउबाट बालुवा लैजान आग्रह गरेका थिए ।

ज्योतिसको साइतमा निकालिएको उक्त बालुवा चार दिन पछि सुनमा परिणत भएको र राजकोसंगको आग्रहपछि सवै किसानको ऋणमुक्त गरेर नेपाल संवत सुरु गरिएको किम्वद्न्ति रहेको सताव्दि पुरुष सत्यमोहन जोशीले जानकारी दिनु भयो ।

नेपाल सम्वत्‌मा चन्द्रमानक गिन्ती मात्र रहेको र चन्द्रमानक चक्रमा हुने गडबडीका कारण नेपाल सम्वत्‌को व्यवहारिक प्रयोग हुन सकेन जस्को स्थान विक्रम संवतले लियो ।  सौर्यमानक नेपाल सम्वत्‌को नयाँ वर्ष कछला १बाट सुरु हुन्छ । यो दिन इश्वी सम्वत्‌मा अक्टोबर २० र विक्रम सम्वत्‌मा कार्तिक ४ वा ३ गते पर्ने गर्दछ । सौर्यमानक नेपाल सम्वत्‌मा प्रत्येक वर्ष ३६५ दिन हुने गर्दछ भने ‘तँसा दिं’ अर्थात् अधिक दिन हुने वर्षमा ३६६ दिन हुने गर्दछ । 

तिथिमा तलमाथी हुने भएका कारण नेपाल संवत व्यवहारीक नभएको भन्दै चन्द्र शमशेरले नेपाल संवतको ठाउमा विक्रम संवतको चलन चलाए । चन्द्रमाबाट गणना गरिने भएका कारण केही दिन तलमाथी पर्दा नेवार समुदायमा मनाइने पर्वहरुमा समेत असर गर्ने गरेको छ ।

तिहारको महत्वपूर्ण दिनका रुपवमा मनाइने म्ह पुजा केही नेवाहरुले हिजो मनाएका छन् भने केहीले आज मनाउदै छन् । लक्ष्मी पुजा,म्ह पुजा र किजा पुजा अर्थात भाइटिका लाउने भएपनि तिथिका कारण तलमाथी पर्दै आएको छ । तेसेलै यस्ता तिथि निर्धारण गर्दा सरोकारवालसंग छलफल गरेरमात्र पात्रो प्रकासन गर्न पञ्चाङ्ग निर्णायक समितिलाई सताव्दि पुरुष जोशीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *