ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टिकाको साइत-११ बजेर ३७ मिनेट, दाजुलाई टिका लगाउन हुन्न भन्ने हल्लाको पछि नलाग्न आग्रह

तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना दाजुभाई – दिदिबहिनीहरुले एक अर्कालाई सप्तरङ्गि टिका लागाइदिने गरिन्छ ।

 टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको बताउछन् ।

तेस्तै मंसिरमा टिका परेको कारण दाजुलाई टिका लाउन नहुने भ्रम फैलीको भन्दै तेस्तो हल्लाको पछि नलाग्न समितिले आग्रह गरेको छ । दाजुभाइ तथा दिदि बहिनिमा आत्मिय बढाउने पर्व भएको भन्दै समितिले सधैको जस्तै टिका ग्रहण गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *