ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लक्ष्मी पुजाको दिन तेह्रथुम सदरमुकाममा अगलागि

लक्ष्मी पुजाका दिन गालागि हुदाँ तेह्रथुम सदमुकाम म्याङलुङमा २ वटा पसल जलेर नष्ट भएका छन् ।सदरमुकाम म्याङलुङमा रहेको माधव अधिकारीको घरमा रहेको  सम्भव ज्वलेरी र अधिकारी अग्रैभेटमा आगलागि भएको हो ।

सुन पसलमा राति लक्ष्मी पुजा गरेको दियोबाट आगलागी हुदाँ सुन पसल र अग्रोभेटका सवै सामग्री नष्ट भएका छन् । कृषिको सिजन भएका कारण अग्रोभेटमा कृषि सामग्रीहरु हाते ट्याक्टर, स्प्रेयर तथा रसायनिक मल राखिएको थियो । अगोले ति सवै सामग्री नष्ट गरेको अधिकारी अग्रोभेटका सञ्चालक माधव अधिकारीले जनाकारी दिए ।

तेस्तै तिहारको समय भएका कारण सुन पसलमा तुलनात्म रुपमा धेरै गर गहना रहेको र ति सवै नष्ट भएको छ । हालसम्म क्षतीको एकिन विवरण नआएपनि २० लाख हाराहारीको क्ष्यति भएको प्रहरीको  प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जसमा सुन पसलको ५ लाख र एग्रोभेटको १५ लाख रहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *