एक विहानै कमल पोखरी पुगेका मेय शक्यले भने कुनै बहानामा काम ढिला गर्न पाइदैन
6 - 6Shares

काठमाडौं । ‘कमलपोखरी पुर्ननिर्माण सन्तोषजनक भएन । आर्थिक समस्या छैन । कामलाई यो वा त्यो वहानामा ढिला गर्न वा पछि सार्न पाइँदैन ।’ शुक्रबार पुननिर्माणको प्रगति बुझ्न स्थलगत अवलोकनमा पुग्नुभएका काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले भने ‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ । महानगरपालिकाले आर्थिक अभाव हुन दिँदैन । तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न वा ढिला गर्न पाउनुहुन्न ।’
‘कमल पोखरीको अस्तित्व जोगाउन पुर्ननिर्माणको काम गरेका हौं । महानगरको केन्द्रभागमा रहेकोले पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि यो ठाउँ आकर्षक स्थल बन्ने छ ।’ मेयर शाक्यले भन्नुभयो — ‘छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउन सहज हुने गरी पोखरी निर्माण भैरहेको छ । यसले स्थानीय रहनसहन, कला, संस्कृतिलाई पर्यटन व्यवस्थापनसँग जोड्ने हाम्रो अपेक्षा छ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरुसहित बिभागीय अधिकारीहरु सहभागी थहुनुहुन्थ्यो ।
सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतकाअनुसार कमलपोखरी बास्तुशास्त्रमा आधारित छ । पोखरी छिर्ने गेट मौलिक नेपाली स्वरुपको छ । यसको निर्माणमा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग भइरहेको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानासहितका पाटी हुनेछन् । विभिन्न ठाउँमा चैत्य राखिनेछन् भने ५ ओटा मकरधारा निर्माण हुनेछन् ।
पोखरी वरिपरि बाल उद्यान, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, खुल्ला ठाउँ रहनेछ ।
यो पोखरी वडा १ को पहिचान हो ।
६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी पुननिर्माण भइरहेको छ । यसको क्षेत्रफल करीब २३ रोपनी १४ आना हो ।