ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डा. गोविन्द केसीलाई कोरोना

चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

डा. केसीमा केही लक्षण देखिए हिजो गराएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो । उनमा रुघा, खोकी र ज्वरो देखिएको छ । श्वासप्रश्वासमा समेत समस्या देखिएको सोलिडारिटी फर डाक्टर गोविन्द केसीले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि उनी शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना भएका छन् । उनको थप स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *