ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

३ हप्तापछी बल्ल सचिवालय, ४० मिनेटको सचिवालयमा दुई अध्यक्षको पत्र वितरण बाहेक केही भएन

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

३ हप्ता लामो रस्सा – कस्किविच नेकपा सचिवालय बैठक बसे पनि विना निष्कर्ष सकिएको छ । शिर्ष नेताको पटक-पटकको लिखित तथा मौखिक आग्रह पछि प्रधानमन्त्रीको सरकारी निकाय बालुबाटारमा बसेको बैठक करिव ४० मिनेट चर्दा जम्मा दुई अध्यक्षका पत्रहरु सचिवालय सदस्यमा वितरण भन्दा खास केही हुन सकेन ।

पटक पटक नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शिर्ष नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले लिखित रुपमा सचिवालय बैठक राख्न माग गरेका थिए । तर बल्ल तल्ल प्रचण्ड र ओली पक्षक विच जुहारीमा नै सूरु भएपनि सचिवालय बैठक भने विना निस्कर्ष सकियो । जसमा जम्मा भएको सहमति भनेको मंसिर ३ गते पुन बैठक बस्ने मात्र हो ।

लिखित रुपमा नै प्रचण्ड र नेपाल पक्षले ओलीको कार्या शैली प्रति असन्तुष्टि व्यक्त गरेपछि ओलीले प्रचण्ड र अन्य नेताहरुलाई काउन्टर दिएका थिए  । ओलीले शुक्रबार पत्र पठाउदैँ आफ्नो भागमा परेको के के काम गर्नु भयो भनि प्रचण्डलाई प्रश्न गर्दा शिर्ष ५ नेतालाई सरकार परिवर्तनको दौडमा किन भौतारीको भन्दै प्रश्न गरे पछि सचिवालय बैठक हुनु पुर्व नेकपामा अर्को हलचल मचियो र सचिवालयमा तिनै पत्र वितरण भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसरी पार्टीका दुई अध्यक्षको प्रेम पत्र सचालयमा बाडिएको विषयलाई लिपएर नेकपाका नेता कार्यकर्ता भने आक्रोषित बनेका छन् । उनीहरुले सचिवालय भित्र नै यसप्रकारको चिठ्ठी आदान प्रदान गलत भएको जनाएका छन् । लुम्बिनी प्रदेशका मूख्यमन्त्री समेत रहेका नेकपाका नेता शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत खुशीहुने गरी निर्णय लिन नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -‘ नेतृत्व तहको विवाद वैठकमा प्रवेश गरेको छ । वैठकवाट सबैले जित्ने र आम पार्टी पंक्ति खुसीहुने निर्णय लिन नेतृत्व सफल होस् शुभकामना ।’

पार्टि फुटको सघारमा पुगेको समेत चर्चा भएका वेला नेताहरुले फुटन नदिने प्रतिवद्धता दोहोर्याउदै आएका छन् । तर लामो संवाद हिनता पछि सूरु भएको सचिवालय वैठक निस्कर्ष विहिन भएपनि नेताहरुले यसलाई संवाद सेतुका रुपमा लिएका छन् । नेकपा भित्र निर्णायक शक्ति मानिएका नेता माधव नेपाल छलफलको विकल्प नभएको दावी गर्छन् । नेपालले यसप्रकारको विवाद पार्टी भित्र पहिले पनि हुने गरेको भन्दै छलफलबाटै समाधान हुने विश्वास लिएका छन् । सवै जना आफु इमान्दार हुने हो भने समाधान छिट्टै उनको भनाई छ ।

लामो संवाद हिनता चिर्दै पार्टिको सचिवालय वैठक बसेपछि दोस्रो तथा तेस्रो तहका नेताहरुमा केही उत्साह थपिएको छ । पार्टिको गतिरोध चाडै अन्त्य हुने र पार्टी तथा सरकार कोरोना महामारीले आक्रमन्त बनेका जनतासंग संगै लड्ने उनीहरुको विश्वास छ ।

पार्टि गुट र उपगुटले आक्रान्त भएको र शिर्ष नेताहरु विच नै पानी बारावारको अवस्थामा सुरु भएको सचिवायले फुटको संघारमा रहेको नेकपालाई कसरी जोगाउँछ । त्यो भने हेर्न बाकीँ नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *