ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

करिव दश महिना पछि विद्यालय खोल्ने ढाचाँ तयार

सरकारले कोरोना महामारीबाट बच्दै विद्यालय सञ्चालन गर्न दिने गरी ‘ विद्यालय सञचालन सम्वन्धी कार्यढाँचा जारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणी पोखरेलले कार्तिक २० गते स्वीकृत गरेका हुन् ।

मन्त्रालयले जारी गरेको ढाचाँले प्रदेश र स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सक्ने जनाएको छ । जस्मा‘प्रदेश सरकार तथा स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गर्ने लगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरू गर्न सक्ने गरी आधारभूत क्रियाकलापहरू यस कार्यढाँचामा समेटिएको छ’

कोरोना संक्रमण बढेको अवस्थामा भने स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर निश्चित अवधिका लागि विद्यालय बन्द पाइने व्यवस्था गरिएको छ । कोरोना महामारिका कारण गत चैत्रमा परिक्षा सकेर बन्द भएका विद्यालय अझै बन्द छन् । स्थानिय तहले आफ्नो अधिकार क्षेत्र भित्र रहेको विद्यालदय सञ्चालनको सुरुवात गरेपनि केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

यसरी पूरै शैक्षिक सत्र गुम्न नदिने भन्दै सरकारले बैक्ल्पिक शिक्षालाई मूलधारमा जोड्ने भन्दै अनलाईन कक्षा सञ्चालन सूरुवात गर्यो तर सामुदायिक विद्यालयमा अनलाईन कक्षाको पहुच टाढाको विषय बन्दा नीजि विद्यालयलाई शूल्क उठाउने बाटो मात्र बनेको थियो । यसरी विकल्प हिन जस्तै बनेको शैक्षिक कृयाकलाप सञ्चालनका लागि ढाचाँ तयार पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *