साग सकिएको एक बर्षपछि स्वर्ण विजेता खेलाडि सम्मानीत हुदैँ
3 - 3Shares
युवा तथा खेलकुद मन्त्रालय गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण पदक विजेता खेलाडी सम्मानित हुन भएका छन् ।
मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएमध्ये ७ खेलाडी सहित २ प्रशिक्षक, २ प्रायोजक तथा खेल संघ र १ निर्णायक र चिकित्सकलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मंसिरमा भएको सागमा पौडीकी गौरिका सिंहले ४ करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले २-२ स्वर्ण पदक जितेका थिए । फुटबल टोली र अन्य खेलाडीले पनि स्वर्ण पदक जितेका थिए ।
त्यस्तै स्वर्ण जितेका मण्डेकाजी, आयशा, सुवाससहित साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ तथा लक्ष्मी, विकास र सन्तोषी पनि पुरस्कृत हुने छन् ।
उता तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठले प्रशिक्षकको रुपमा सम्मान पाउदाँ जुडोका धर्मकुमार श्रेष्ठले निर्णायकका तर्फबाट सम्मान पाउने छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसरा संघबाट नेपाल गल्फ संघ, चिकित्सकतर्फ डाक्टर ज्ञानेन्द्र विक्रम शाह सम्मानित हुनेछन् ।