ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकाले दिएको भेन्टिलेटर प्रत्येक प्रदेशमा ७-७ वटा र सरकारी अस्पताललाई २-२ वटा

अमेरिकाले १ सय थान भेन्टिलेटर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विश्वमाझ फैलिएको कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुग्ने भन्दै राजदुतावास मार्फत भेन्टिलेटर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

अमेरिकी अन्तरराष्ट्रिय बिकास नियोग (युएसएआइडी)को सहयोगमा उप्लब्ध गराइएका यी भेन्टिलेटरहरूले कोरोना भाईरस विरुद्धको उपचारमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको भनाई छ ।

उनले भने “असल र खराब दुवै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिबद्ध छ। यी भेन्टिलेटरमार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ जसले गर्दा कोभिड-१९ बाट अति प्रतिभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून्।”

भेन्टिलेटर ग्रहण गर्न पुगेका नेपाल सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अमेरिकाले दिएको भेन्टिलेटर प्रत्येक प्रदेशमा ७-७ वटाका दरले वितरण गर्ने  जनाएका छन् । त्यस्तै सरकारी अस्पताललाई २-२ वटाका दरले वितरण गरिने मन्त्रीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *