ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलम्पिक कमिटीको ११ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै एनओसीले बिहीबार भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा सभापति एंव एनओसीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले कोरोनाको कारण टोकियो ओलम्पिक तोकिएको मिति भन्दा एक वर्ष सरेको जानकारी गराए ।


अध्यक्ष श्रेष्ठले अब ओलम्पिक सन् २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म हुने जानकारी गराएका थिए । एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले सन् २०१९, २० को नेपाल ओलम्पिक कमिटीको गतिविधिको प्रतिवेदन पेश गरेका थिए ।
एनओसीको आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन र सन् २०२१ को अनुमानित बजेट समेत सर्वसम्मतबाट पारित गरिएको थियो ।अर्को वार्षिक साधारण सभा सन २०२१ नोभेम्बर ५ र ६ मा गर्ने निर्णय समेत गरेको छ ।
साधारण सभाका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नेपाल ओलम्पिक कमिटीले गरि रहेको कार्य र कोभिडको महामारीमा समेत एनओसीले विभिन्न अनलाईन तालिम तथा प्रशिक्षणहरु संचालन गरेको कार्य प्रति प्रशंसा गरेका थिए ।
यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले अहिले अवस्थामा नेपाल सरकारको प्रोटोकललाई ध्यानमा राखी खेलकुदका कार्यक्रमहरु संचालन गर्ने जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *