ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सबै प्रदेशमा ९० दिनलाई पुग्ने गरि भण्डारण गृह निरमार्ण गर्दै आयल निगम, सुरुवात पाेखरा बाट

नेपाल आयत निगमले पोखरामा देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निमार्ण गर्ने भएको छ । भण्डारण क्षमता न्यून भएकोले प्रकृतिक प्रकोप, नाकाबन्दी जस्तो मसयमा समस्या हुने गरेको भन्दै तीन कहिना अर्थात ९० दिनलाई पुग्ने भण्डारहण गृहहरु निमार्ण गर्न लागेको छ । निगमले २०५८ सालपछि निगमकै आफ्नै लगानीमा पहिलो कामको रुपमा यो परियोजना अघि सारेको हो ।
हरेक प्रदेशमा कम्तीमा ३ महिनाका लागि इन्धन भण्डारण क्षमताको डीपो निर्माण गर्ने निगमको घोषणा नीतिअनुरुप पहिलो परियोजनारुपमा गण्डकी प्रादेशिक डीपोको क्षमता अभिवृद्धि सुरु गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा २९ र ३० अन्तर्गत गगनगौंडामा रहेको सो डीपोको भण्डारण क्षमता बिस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।
हाल डीपो रहेको कुल २७ रोपनी जग्गालाई नै व्यवस्थापन गरेर निगमले पहिलो चरणमा ५० लाख लिटर क्षमताका दुई छुट्टाछुट्टै डीजल भण्डारण ट्याङ्क निर्माण गर्नेछ । सो परियोजना आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । परियोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्यांकस जेभीले पाएको छ । यो डीपो अमलेखगञ्जपछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बन्नेछ ।
परियोजनाको एक समारोहबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन् । उनले कोरोना महामारीले कमजोर बनाएको अवस्थामा अर्थतन्त्र सुदृढ बनाउन सरकार कटिबद्ध रहेको बताए । उनले आगामी दिनमा पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै कमजोरी हुन नदिने बताए ।
नाकाबन्दी, विनासकारी भूकम्प लगायत विषम परिस्थितिको बेला नेपाली जनताले भोग्नुपरेको समस्या मध्यनजर राख्दै सरकारले यो अभियान अघि सारेको मन्त्री भट्टले प्रष्ट पारे ।

उनले भने, ‘यो विकासको एउटा फड्को हो । छोटो समयमै जनताले विकास चाहेका छन्, परिणाम देखिने सरकार काम गर्न चाहन्छ । त्यसको ज्वलन्त उदाहरण यो हो ।

उनले आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै कोभिडसँग लड्ने र देशको अर्थतन्त्र कमजोर हुन नदिने गरी सरकार अघि बढेको दाबी गरे ।

नयाँ पहुँच सडक, २ लाख लि। क्षमताको पानी भण्डारण ट्यांक, डीपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्न नयाँ संरचना निर्माण गरिनेछ । इन्धन भण्डारण ट्यांक र सोमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित हुनेछन् । डीजल लोड तथा अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुने निगमका कार्यकारी निर्देशक पौडेलले बताए ।

यस्तै, नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्यांकरले दैनिक डीजल अनलोड गर्न सक्नेछन् । ट्यांकर अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका ५ वटा पम्प जडान गरिने जनाइएको छ । कुनै कारण डीपोमा आगलागी भए करिब २ घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डीपो हुनेछ । ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण प्रयोग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *