ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदेशनालाई रजत

काठमाडौं, नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन् ।

सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् । सुदेशनाले ६ दशमलब ७५ अंक जोडिन् ।
यो स्पर्धामा नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । ६ दशमलब ३० अंकसाथ नेपालकी शान्ति राईले कांस्य जितिन् । प्रगति कुइकेल ५ दशमलब ६० अंकसाथ पाँचौं स्थानमा रहिन् । ब्राजिलकी मारियाना उर्बिनाले ६ दशमलब ८० अंक जोड्दै स्वर्ण हात पारिन् ।
ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा यसअघि पुरुष यु–१४ एकल पुम्सेमा नेपालका आयुश ढुंगेलले स्वर्ण जितेका थिए । अध्यक्ष खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडी टोलीले करातेकर्मी पुरेन्द्रविक्रम लाखेलाई बुधबार एक कार्यक्रमबीच स्वागत गर्दै बधाइ दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकोमा लाखको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरिएको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, कार्यक्रमका संयोजक एवं १३ औं सागअन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ, खेलाडी, प्रशिक्षकलगायतले लाखेलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा टोकियो ओलम्पिकका लागि प्रशिक्षणमा रहेका कराते खेलाडी नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई शुभकामना दिदै ट्रयाकसुट प्रदान गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *