ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यस्ताे छ हतारमा प्रधानमन्त्री ओली अरुण तेस्रो पुग्नुकाे रह्रस्य

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

मृगौलाको प्रत्यारोपण गरेपछी बालुवाटार र सिंहदरबार नछोडेका प्रधानमन्त्री केपी ओली एकाएक किन संखुवासभामा रहेको अरुण तेस्रोमा पुगे ! सबैलाइ जिज्ञासाको विषय हो । ७ महिनाअघि दुवै मृगौला प्रत्यारोपण गरेका ओली

सिंहदरबार पुग्न समेत गाह्रो मान्थे । तर हतार हतारमा उपत्यकाबाट निकै टाढा रहेको संखुवासभामा रहेको विवादित अरुण तेस्रोमा किन अवलोकनका नाममा पुगे ? ३ वटा विभिन्न कार्यक्रम राखेर संखुवासभा पुगेका ओलीको कार्यक्रममा किन नेकपाकै जिल्ला स्तरका नेता, जिल्लामा भएका दलका प्रतिनिधि र बुद्दिजीवीलाइ बोलाएनन् भन्ने प्रश्न गम्भिर रुपमा उठेको छ । नेकपाकै जिल्ला अध्यक्षलाइ समेत खबर नगरि ओली एकाएक जिल्ला पुगेपछि संखुवासभाका नेकपाका नेता कार्यकर्ता छकक परेका थिए । नेकपालाइ नबोलाएपछि अन्य दल र वृद्धिजीवीलाइ बोलाउने कुरै भएन ।

सतलजलाइ सहयोग गर्न अरुण तेस्रोमा

अरुण तेस्रोमा भारतीय कम्पनी सतलज कम्पनीले ठेक्का पाएर काम गरिरहेको छ । वित्तिय स्रोत ब्यवस्थापनमा गर्न नसकेर पटक पटक म्याद थप गर्दै आएको मा अहिलेपनि त्यही समस्या रहेको कारण ओली यसलाइ सहजीकरण गर्ने पक्षमा उभिदै अवलोकनको नाममा संखुवासभामा पुगेका हुन् । भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभिएनले बनाउदै गरेपनि सन् २०२२ भित्र सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म २५ प्रतिशत भन्दा काम पूरा हुन सकेको छैन । यो कम्पनीले सन्तोषजनक कुनै पनि योजनामा काम नगरेको इतिहास नै छ । तर प्रधानमन्त्री ओली हतारिएर अवलोकनको लागि पुग्नु रहस्यमय मात्रै होइन, सत्ता टिकाउने कडीको मुख्य ध्येय देखिन्छ ।   अरुण तेस्रोमा साढे १४ अर्ब नेपाली रकम नेपाली बैंकले लगानी गर्ने तयारी छ । यसका लागि नविल र एभरेष्ट बैकसँग सम्झौता भएको थियो । सन् २०११ मा १ खर्ब ४ अर्बमा सम्पन्न गर्ने लक्ष्य लिएकोमा कमिशन र ठुलो राजनीतिक खेलका कारण प्रधानमन्त्रीदेखि सरकारका उच्च अधिकारी समेत आर्थिक लाभ लिदै अहिले १ खर्ब १६ अर्ब लाग्ने अनुमान गरिएको छ । अझै यसको लागत बढ्दै जाने पक्का छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले गोप्य रुपमा भेट्न खोजेको भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त कुमार गोयललाइ मध्यराती बालुवाटारमै भेटे । मोदीका दूतको रुपमा आएको भनेपनि के सन्देश लिएर आए भन्ने राष्ट्रिय एजेन्डा प्रधानमन्त्रीको मात्रै सरोकारको विषय नभइ सबै नागरिको सवाल हो । यसको जानकारी नदिइ किन गुपचूप राखिरहेका छन् ? त्यस्तै भारतीय सेनाध्यक्ष जनरल नरवाणे मानार्थ महारथी लिन भन्दै काठमाडौ आएर लामै कुराकानी प्रधानमन्त्रीसँग गरे । स्रोतका अनुसार, यी सबै भेटमा ओलीले भारतलाइ आफूले चिढाउन नचाहेको र परिस्थितिले त्यस्तै बनाएको भन्दै भारतीय लगानीमा रहेका उद्योग र कामलाइ सहयोग गर्ने र अब एक स्टेप पछाडी हटेर भएपनि भारतसँग मिलेर जान इच्छुक भएको सन्देश सुनाएका थिए । प्रधानमन्त्री ओलीले- नेपालको पूर्ण नक्सा जारी गर्न आफू अनिच्छुक भएपनि संसदमा सबै दलको दबाबका कारण पारित भएको तर आफूले अझै रोकिराकेको, पाठ्यपुस्तकमा प्रकाशित हुन नदिएको, आफूले दिएको शुभकामनामा पुरानै नक्सा राखेको जस्ता विषय यत्तिकै गरेको होइन भन्दै मनजित्ने प्रयास गरेका थिए ।

भारतीय विदेश सचिव केही हप्तामै काठमाडौं आउदै छन् । पार्टीभित्रैबाट घेरावन्दीमा परेका ओलीले सरकार टिकाउन भारतसँग राष्ट्रहित विपरितका गोप्य सहमति र सम्झौता गर्दै जान थालेको नेकपाकै नेताहरु बताउँछन् । कहिले आफ्ना विश्वासपात्र गोकूल बाँस्कोटालाइ भारतीय दूतावास पठाएर, कहिले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कहिले महेश बस्नेत त कहिले परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराइ मार्फत ओलीले भारतका उच्च अधिकारी र दूतावासका कर्मचारीसँग साँठगाँठ गर्दै आएका छन् ।

बाहिर भारत विरोधी र राष्ट्रवादी देखिने तर भित्रभित्रै सरकार टिकाउन र आफ्ना स्वार्थ पूरा गर्न ओलीले लम्परावादी नीति लिएका छन् । यसको पछिल्लो उदाहरण हो, प्रवृद्द समूहले तयार पारेको नेपाल भारत सम्वन्धको प्रतिवेदन बारे पहल नगर्नु, ओलीले वुझ्न इन्कार गर्नु, नेपालको पूर्ण नक्सा पाठ्यपुस्तककमा समावेश भएकोले प्रकाशित गर्न रोक्नु, भारतीय कम्पनी सतजल कम्पनीलाइ काम दिनु र अवलोकनका नाममा पुग्नुले धेरै कुराको पुष्टी गर्दछ । नत्र मेलम्ची, तामाकोशी जस्ता राजधानीसँग जोडिएका जिल्लाका ठुला परियोजना सकिनै लाग्दा नपुग्ने तर संखुवासभामा अरुण तेस्रो हेर्न जाने कारण के पर्यो ? विस्तारै खुल्दै जानेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *