ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाको प्रकोप बढ्दै जादा निर्धारीत समयमा परिक्षा हुनेमा संसय

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

कोरोनाका कारण ८ महिना देखि ठप्प जस्तै बनेको नेपालको सवै भन्दा पुरानो विश्वविद्यालयले मंसिरबाट परिक्षा सञ्चालन गर्ने गरी परिक्षा तालीका सार्वजनीक गरेको छ । उता पुर्वाञ्चल विश्वविद्यालयले पनि मंसिबाट नै परिक्षा सञ्चालन लागि विद्यार्थीलाई तालिका उपलव्ध गराएको छ ।

तर कोरोना संक्रमित सङ्ख्या दिन प्रतिदिन बढिरहेको समयमा विद्यार्थीको भौतिक उपस्थिति नै विश्वविद्यालयले खोजेपछि परिक्षा निर्धारीत मितिमा नै हुनेमा भने संका पैदा भएको छ । स्थानिय तह जथा जिल्ला प्रशासन कार्यलयले छठ पछि पुन लकडाउन गर्न आग्रह गरेका कारण पनि परिक्षा समयमा ने हुनेमा प्रश्न उठेको हो ।

त्यसो त राष्ट्रिय परिक्षा वोर्डले पनि कक्षा १२ को मुल्याङ्क पठाइ सक्न परिपत्र गरेको छ । यसअघि एसईई र कक्षा ११ को मूल्याड्कनको जिम्मा विद्यालयलाई नै दिएको वोर्डले १२ को परिक्षा भने ४०:४०:२० को अनुपातमा गर्ने गरी कार्यतालीका सार्वजनीक गरिसके छ । सोही आधारमा मंसिर ८ भित्र मूल्याकन गरी पठाउन निर्देशन दिएको हो ।

एकातिर कोरोना संक्रमण दिन प्रतिदिन पैलिएको र अर्को तर्फ शैक्षिक सत्र नै तहस नहस हुने वेला शैक्षिक सस्थाले सुरु गरेको पहल सकारात्मक भए पनि सवै विद्यार्थी समेट्ने विकल्प नखोजि भौतिक उपस्थितिले मात्र परिषा निर्धारीत समयमा हुनेमा संसय देख्छन् शिषा क्षेत्रकाजानकारहरु । यस्तो अवस्थामा सके मूल्याङ्कनको प्रणालीमा नै सुधार गर्नु पर्ने तत्र भएपनि परिक्षार्थीलाई बहु बिकल्प दिनु पर्ने उनीहरुको भनाई छ ।

सरकारले प्रभावकारी कार्यायोजना नबनाउदाँ कोरोना महामारीका कारण सहरी क्षेत्रमा अनलाईन कक्षा सञ्चालन भएपनि ग्रामिण क्षेत्रमा भने यसको पहुँच पुग्न सकेन । केही समय पहिलामात्र विद्यालयले पठनपाठन सञ्चालन गरेपनि कोरोनाको त्रास देखाउदै सरकारले त्यस्ता कक्षाहरु बन्द गर्यो । तर शैक्षिक सत्र गुम्न नदिने भन्दै कोरोना संक्रमण नभएका हिमाली जिल्लाहरुमा पुन सुरु गरिएका कक्षा सुचारुमा पनि चिसोले चुनौति थपेको छ ।

विद्यालय तहदेखि विश्वविद्यालयसम्मका शैक्षिक कृयाकलाप क्रमश सञ्चालनको पहल भैरहेको छ । तर कोरोना संक्रमणको बढ्दो दरले पुनस् यो प्रयासमा ठेस लाग्ने सहजै अनुमान गर्न सकिन्छ । वैकल्पिक शिक्षणमा सर्वव्यापी पहुँच तथा पूर्वाधार अभाव र कमजोर कार्यनीतिका कारण चालु शैक्षिक सत्र नै के हुने भन्ने अन्योल ज्यूँकात्यूँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *