ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

नेपालले कोरोना विरुधको भ्याक्सिन पाएपनि भण्डारण क्षमता नै छैन

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका यूके, मोडेर्ना अमेरिका, क्यानसिनो चीन, गामालेया रिसर्च इन्स्टिच्यूट रुस, जान्ससेन, बेइजिङ् इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म चीन, सिनोभाक र बुटानटान ब्राजिल, वुहान इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म चीन र नोभाभाक्स अमेरिका लगायत देश तथा कम्पनिले कोरोना भाइरस विरुधको भ्याक्सिन परिक्षण गरिरहेका छन् । उनीहरुले परिक्षण गरेका कतियय ओषधीहरु ९० देखी ९५ प्रतिशत सम्म सफल भएको उनीहरुको दावी छ ।

यसरी करिव एक कोरोना महामारीले आक्रान्त भएको एक बर्षपछि यसविरुधको औषधी सफलता नजिक पुगेको खवरले विश्व समुदायमा खुशियाली छाएको छ । त्यसमाथी हाम्रो जस्तो अल्प विकसित मुलुकमा त्यो भ्याक्सिन कहिले आउला त्यसको वितरण कसरी होला भन्ने चिन्ता व्यक्त हुनु स्वभाविक हो । तर विडम्वना भ्याक्सिन सफल भएर नेपाललाई अनुदान दिए पनि नेपालसंग भण्डारण गर्ने तथा वितरण गर्ने न संयन्त्र छ न त उपकरण नै । त्यसो त नेपालमा पनि यस विरुधको खोप परिक्षण नभएको ने भने होइन । स्वास्थ्य अनुसन्धान परिषदले फाभिर २०० नामको औषधिको क्लिनिकल ट्रायल सुरु गरेको छ ।

कोरोना महामारीले विश्वसंकटमा भएको समयमा ‘फाइजर र बायोएनटेक’ले कोरोना विरुधको खोप परिक्षणक करिव करिव सफल भएको समाचार आएका छन्  । ९० प्रतिशत सफल भएको भनिएको उक्त परिक्षणले विश्वका शक्तिशाली भनिएका देशको ध्यान खिचेको छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीका ४३ हजारभन्दा बढी व्यक्तिमा परीक्षण गरिएको र कुनै सुरक्षासम्बन्धी जोखिमको कुरा नउठेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 सफलतानजिक पुगेको खोप नेपालमाचाहिं कहिले आउला भन्ने चासो बढेको छ । सरकारले सचिव स्तरिय समिति नै गठन गरेर यसको खरिद प्रकृयाको जिम्मा लगाएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप तेस्रो चरणमा रहेको र अन्तिम परिक्षण अझै बाकीँ रहेका कारण यसबारे नेपालको खासै ध्यान गएको छैन । नेपालमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकै खोप प्रयोग भन्दै सरकार वेखवर जस्तै बनेको छ ।

फाइजर र बायोएनटेक ले विकास गरेको खोपलाई माइनस ८० डिग्री सेल्सियस तापक्रममा सुरक्षित राख्नुपर्ने जनाइको छ । तर, यो खोप खोप सुरक्षित र प्रभावकारी देखिएमा नेपालमा ल्याएर राख्ने कोल्ड चेन स्टोर छैन । राख्ने स्थान र जनश्कितकव अभावका कारण नेपालमा भ्याक्सिन आइहाले पनि चुनौतिका चाङ छन् ।

स्वास्थ्य मन्त्रालयको खोप महाशाखाका निर्देशक डा झलक गौतम विश्वमा  १० वटा जति  खोपहरु परिक्षणको तेस्रो चरणमा पुगेको बताउछन् छन् । तर ति खोपको भण्डार गर्ने क्षमता नभएको उनले स्विकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *