ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदीय सुनुवाइ समितिबाट तीनै जनाको राजदूतकालागि नाम अनुमोदन

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध १ उजुरी परेको थियो ।। राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था अनुसरार सिमितिले नाम अनुमोदन गरेको हो ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकलेन राजदूतका लागि तीने जनाको नाम सिफारिस गरेको थियो । समितिबाट नाम सिफारीस भएपनि मन्त्री तथा मुख्यसचिव भइसकेको व्यक्ति मर्यादाक्रम भन्दा तल्लो तहमा गउर राजदुत बनेकव भन्दै आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *