ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

परिक्षणको झण्डै २० प्रतिशतमा कोरोना संक्रमण

नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ९ सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा गर्ने कोरोना अपडेट अनुसार विभिन्न प्रयोगशालामा १० हजार २२ वटा नमूना परीक्षण गर्दा देशभर १ हजार ९ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो करिव परिक्षणको २० प्रतिशत हुन आउँछ ।

देशभर २ लाख ४ हजार २ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा कोरोनाकै कारण १५ जनाले ज्यान गुमाएका छन् । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८९ जना रहेका छन् ।

देशभरबाट चौबीस घण्टामा २ हजार ३ सय ४९ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना रहेका छन् । देशभर क्वारेन्टिनमा ९ सय ७४ र संक्रिय संक्रमित संख्या ३८ हजार ४ सय ६१ जना रहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *