पुनरुत्थानका कार्यक्रमहरुलाई कार्यन्वयन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं, कार्तिक २६ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका सदस्यमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न सकिने बताएका छन् । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
प्रतिकुल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यावसाय र उद्योगहरु चलाइ अर्थतन्त्रलाई चलायमान बनाउन उनले आग्रह गरेका छन् । उनले बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमहरुलाई सबैको साथ लिएर कार्यान्वयन गर्ने बताएका छन् ।
अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गरे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाइ आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझाव दिएको छ ।