ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपविजेता भन्दा धेरै एक खेलाडीको पारिश्रमिक

युएईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपीएलको च्याम्पियन बन्यो ।

मुम्बईले ट्रफीसँगै २० करोड भारु तित्दा दिल्लीले १२ करोड ५० लाख भारुमा चित्त बुझायो । तर अनौठो कुरा तत के छ भने उपविजेता बनेको दिल्ली पाएको रकम सोही खेल खेल्ने खेलाडीको भन्दा कम छ ।

आइपिएलमा नै सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा उपविजेता दिल्लीले साढे ४ करोड भारु कम जितेको छ ।

जे होस यो पटकको सिजनमा धेरै किर्तिमानहरु बनेका छन् ।

  • मुम्बईले पाचौँ पटक उपाधि जित्दै किर्तीमानी
  •  दिल्ली पहिलो पटक फाइनलमा
  •  सबैभन्दा बढी ६७० रन  किङ्गस ११ पञ्जाबका कप्तान केएल राहुल

केएल राहुले व्यत्तीगत १ सय ३२ रन बनाउदै सर्वाधिक रन बनाउने पहिलो भारतीयको किर्तीमानसमेत बनाए ।

  • सर्वाधिक विकेट दिल्ली क्यापीटल्सका कागिसो रबाडा ३० विकेट
  • एक खेलमै सवार्धिक ५ विकेट कोलकता नाइट राइडर्सका भरुन चक्रबर्ती
  •  दिल्ली ओपनर शिखर धवनले २ शतक संस्करणकै सबैभन्दा बढी शतक लगाउने खेलाडी
  •  सबैभन्दा बढी छक्का मुम्बईका ईशान किशनले  प्रतियोगिताभरिमा २९ छकका प्रहर
  • राजस्थानका राहुल तेवतीय  एक ओभरमै ५ छक्का प्रहार
  • आइपीएलको इतिहासमै पहिले पटक एकै दिनमा दुई खेलमा तीन सुपर ओभर

Leave a Reply

Your email address will not be published. Required fields are marked *