ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बामदेवलाई मन्त्री बन्ने बाटो खुल्यो – पद र प्रतिष्ठासँग नगाँसिएको गौतमको भनाई

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्न बाटो खुल्ला गरेपछि  आफ्नो नियुक्ति पद र प्रतिष्ठासँग नगाँसिएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । सर्वोच्चको फैसलासंगै गौतमले सामाजिक सञञ्जाल मार्फत संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्ने जनाउदै खुशी व्यक्त गरेका छन् ।

सर्वोच्चको यो निर्णयपछि गौतमलाई मन्त्रिपरिषदमा सामेल हुन कानुनी बाधा पर्दैन तर गौतमले यो विषय पद र प्रतिष्ठासंग नगिसएको भन्दै सम्पुर्णलाई आभार प्रकट गरेका छन् उनले लेखेका छन् –  ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु । वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन ।’

गौतमलाई भदौ २९ गते राष्ट्रियसभा सदस्य मनोनीत गरेपछि उक्त निर्णय र राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *