ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बिमाबाट कोरोना उपचार, बिमा नहुनेको सरकारले उपचार गर्ने

कोरोना संक्रमितको उपचारसम्बन्धमा ओलोचित बनेको सरकारले आफ्नै निर्णय फिर्ता लिन बाध्य भएको छ ।कात्तीक २ गते कोरोना संक्रमितको उपचार र परीक्षणका लागि शुल्क तोकेको सरकारले निर्णय सच्याउदै कोरोना बीमा नगरेकोहरुको उपचार निशुल्क गर्ने जनाएको छ ।

सर्वोच्च अदालतको आदेशपछि निर्णय सच्याउको सरकारले बीमा गराएकाहरुको हकमा भने सोही रकमबाट कट्टा हुने जनाउको छ । मन्त्रीपरिषदबाट यस अघिनै निर्णय भएपनि अस्पतालमा परिपत्र नहुदाँ निर्णय कार्यन्वयन भने भएको थिएन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम स्वास्थ्य तथा जनसंख्या मनत्रालयले गर्दै आएको कोरोना अपडेटमा निशुल्क गर्ने निर्णय सुनाएसंगै अव यो कार्यन्वयनमा आउने भएको हो ।

त्यस्तै कोरोना अपडेटमा दिइएको जानकारी अनुसार पछिल्लो चौविस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरीएका १० हजार ८१ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना सहित देशभर२ हजार ५ सय६९ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमण २ लाख२ हजार ३सय२९ जनामा भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा देशभर कोरोनाका कारण २६जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४जना पुगेको छ।

गत चौबिस घण्टामा देशभरबाट कोरोना निको हुनेको संख्या १ हजार ६ सय ६६ जना रहेका छन् । हालसम निको हुनेको संख्या १ लाख ६२हजार २ सय ४३ जना रहेका छन् । यो संक्रमितको ८१ दशमलव २ प्रतिशत हो ।

देशभर क्वारेन्टिनमा१ हजार १ सय ९ जना रहेका छन्। देशभर संक्रिय संक्रमित संख्या ३८ हजार ९ सय १२ जना रहेका छन् । आसियुमा उपचाररत ३ सय ८२ जना र भेनटिलेटरमा ९५ जना रहेको मन्त्रालयले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *