ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा भित्रको गुटगत राजनीति संखुवासभामा छताछुल्ल-गुटको नेता जस्तै बनेको भन्दै नेकपाबाटै प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

नेकपा भित्र चर्को असन्तुष्टिका विच नेकपा सचिवालय बैठक वोलाउन कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई पटक पटक अनुरोध गर्दै आएका छन् । मौखीक रुपमा ओलीले नसुनेपछि सचिवालय सदस्य सहितको टोलीले ओलीलाई लिखित रुपमा नै सचिवालय बौठक बोलाउन आग्रह गर्दै आएको छ । पार्टिमा तिव्र असन्तुष्टि भएको र त्यसको संवोधन गर्नु पर्ने समयमा  ओली कहिले भवन सिल्यान्यासका लागि पुग्छन त कहिले कहाँ  ।

अध्यक्ष प्रचण्ड सहित नेताहरुरले सचिवालय बैठकको माग गरिरहेका समयमा प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत परियोजनाको निरिक्षण गर्नै भन्दै संखुवासभा हानिए । तर उनको भ्रमण कार्यक्रमको प्रतिपक्षी दलका नेता कार्यकर्ताले मात्र बहिस्कार गरेन्न  स्वयम नेकपाले समेत बहिस्कार गर्यो ।

प्रधानमन्त्रिका केहि निकट नेताहरुले जिल्लाका नेताहरु समन्वय नगरेको र भ्रमणबारे आधिकारिक जानकारी नदिइ कार्यक्रम तालिका निर्धारण गरेपछि दलहरुले प्रधानमन्त्रीको भ्रमण बहिष्कार गरेको जनाएका छन् । चिनसंगको सिमानाका किमाथांका र भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेश्रो जलविद्युत परियोजना निरिक्षणका बुधबार संखुवासभा पुगे पनि उनको कार्यक्रम स्थानिय नेता कार्यकर्ताले बहिस्कार गरे । नेकपा जिल्ला अध्यक्ष हेमराज घिमिरेले प्रधानमन्त्रीको संखुवासभा भ्रमण मिडियाबाट मात्र थाहा पाएको भन्दै गुनासो गरे ।

नेकपाका ओली समुहका कार्यकर्ता, सरकारी कर्मचारी र पत्रकारहरु मात्र कार्यक्रममा उपस्थित रहेको बताइएको छ। नेकपाका ओली निकट भनिएका संघिय सांसद राजेन्द्र गौतमले नियतवश अरुसंग छलफल नगरेको स्थानिय नेताहरुको आरोप छ ।

उता नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले प्रधानमन्त्री देशको प्रधानमन्त्रीको रुपमा भन्दा पनि पार्टिको अध्यक्ष वा त्यो भन्दा बढि गुटको नेताको हिसाबमा संखुवासभा पुगेको आरोप लगाएका छन् । नेकपाको गुटको असर जिल्लामा पर्दा स्थानीय सरोकारका विषय कमजोर भएको उनको भनाई छ ।

२ बर्षअघि अरुण तेश्रोको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले एकसाथ शिलान्यास गरेका थिए। मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रिको पहिलो पटक राजधानी बाहिरको कार्यक्रम एकसाथ चीनिया सिमा र भारतीयद्धारा निर्माणाधिन परियोजना अवलोकन हुनुलाइ अर्थपूर्ण रुपमा हेरिए पनि नेकपा कै कार्यकर्ताबाट कार्यक्रम बहिस्कार हुदाँ पार्टी भित्रको आन्तरिक कलह छताछुल्ल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *