कोरोनासंगै चिसोबाट पनि उत्तिकै सजग बनौं
चिसो बढेसंगै कोरोना भाइरसले अझै तिव्र रुप लीने चिकित्सकरुले चेतावनी दिदैँ आएका छन् । यस्तो अवस्थामा कोरोना मात्र हैन अन्य रोगको समेत जोखिम रहने भन्दै चिकित्सकहरुले सुरक्षित रहन आग्रह गरेका छन् ।
जाडोको समयमा विशेषगरी स्वासप्रस्वास सम्बन्धि रोगहरु -रुघाखोकि ,दम निमोनिया,नशासम्बन्धि रोगले सताउने चिकित्सकहरुको भनाई छ । डा अनुप बास्तोला गर्मिमोसौममा भन्दा जाडो मौसममा बढि भाइरल इन्फेक्सन बढि हुने र बिशेषगरी भाइरल ज्वरो,निमोनिया लगायत स्वासप्रस्वास सम्बन्धि समस्या बढ्ने बताउछन् । चिसो मौसममा बढि हावाबाट सर्ने रुघाखोकि, फ्लु ,झाडापखालाका बिरामी बढ्ने उनको भनाई छ ।
तेस्तै चिसो मौसममा बिशेषगरी बालबालिका, दिर्घरोगि ,गर्भवति र वृद्ववृद्वा तथा प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिलाई बढि रोगले सताउने गर्दछ।
चिसो मौसममा लाग्ने रोगबाट कसरी वचन सकिन्छ त?
- झाडापखाला र स्वासप्रस्वासमा समस्या देखिएमा तत्काल चिकित्सककोमा लैजाने,
- तातो र न्यानो कपडाहरु लगाउने,
- भिटामिन डियुक्त खानेकुराहरु खाने,
- कोठाहरु तातो बनाउने,
- झोलिलो खानेकुराहरु प्रसस्त खाने ।
चिसो मौसममा देखिने रोगहरुलाइ हेलचक्राइ गर्दा दिर्घकालिन असर समेत गर्न सक्छ।र समयमा नै उपचार नगर्दा मानिसको मृत्यु समेत हुन सक्छ त्यसैले रोगबाट बच्ने उपाय मात्र नभइ रोगको बारेमा पनि जानकाहुनु जरुरी छ।