ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लगानी बोर्डमा भट्टको पहिलो बैठक- तीन परियोजनामा ३८ अर्ब ६८ करोड लगानी स्वीकृत

लगानी बोर्डमाको प्रमुख कार्यकारी अधिकृतको रुपमा सुशील भट्ट नियुक्त भएपछि मंगलबार पहिलो पटक बोर्डको बैठक बसेको छ । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुबाटारमा बसेको पहिलो बैठकले तीन परियोजनाका लागि  ३८ अर्ब ६८ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बैठकले ७७.५ मेगावट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रूपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावटको दूधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बैठकमा बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्धी लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा  सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, नेपा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *