बिहार विधानसभामा सत्तारुढ भाजपाको बहुमत, मोदी भन्छन् विहार अव अत्मनिर्भर विहार
बिहार विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनाता पार्टिले १ सय २५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ । नितिशकुमारको नेत्वमा चुनावी मैदानमा उत्रिएको भारतीय जनता पार्टिको गठजोडले १ सय २५ सिट सहित बहुमत प्राप्त गर्दा लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिट प्राप्त गर्यो ‘बिहारमा जनता-जनार्दनको आशिर्वादले फेरि एकपटक लोकतन्त्रले विजय प्राप्त गरेको छ। विजेपीसँगै एनडिएका सबै कार्यकर्ताले जुन संकल्प-समर्पणभावका साथ काम गरेको त्यो अभिभूत गर्ने किसिमको छ। म कार्यकर्तालाई बधाई दिन्छु र बिहारका जनतालाई हृदयदेखि आभार प्रकट गर्छु’,
उनले ‘बिहारले संसारलाई लोकतन्त्रको पहिलो पाठ पढाएको थियो। आज फेरि बिहारले संसारलाई लोकतन्त्रलाई कसरी मजबुत गरिन्छ भन्ने बताएको छ। कीर्तिमानी संख्यामा बिहारका गरिब, बञ्चित र महिलाहरूले भोट गरे र आज विकासका लागि आफ्नो निर्णायक फैसला सुनाएका छन्’, उनको भनाई छ ।