ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकी चुनावको असर विश्व अर्थतन्त्रमा, सुनको मुल्यलेले पुनः एक लाख नाघ्न सक्ने

अमेरीकामा डेमेक्रेटीक उम्मेद्धर जो जाईडन ४६ औं राष्ट्रपतिको रुपमा निर्वाचित भएसँग विश्व अर्थतन्त्रमा सुधार आउने देखिएको छ । जसको प्रतक्ष्य सकारात्मक असर सुनचाँदिमा देखिने भएको छ । वाईडेन निर्वाचित भएसँगै कोरो नियन्त्रण गर्न भन्दै कोभिड–१९ टाक्स फोर्स गठन गरेका छन् । कोरोना नियन्त्रण गरेर खस्किदै गएको अमेरीकाको अर्थतन्त्रलाई माथि उकास्ने बताएका छन् । साथै वाइडेनले अमेरीकाको सबै भन्दा ठूलो सत्रु चिन नभएर रुस भएको बताएका छन् । वाइडेनको उदय सँगै लामो समय देखि चल्दै आएको चिनसँगको व्यापार युद्ध पनि समाप्त संकेत देखिएको छ । चिन शक्ति राष्ट्रको रुपमा उदयमान चिनले विश्व अर्थतन्त्रको २० प्रतिशत हिस्सा ओगटेको छ । यदि अमेरीका चिन व्यापार युद्ध समाप्त हुनेहो भने विश्व अर्थतन्त्र नयाँ उचाईमा पुग्ने देखिन्छ ।
विश्वको सबै भन्दा सुरक्षित व्यापार मानिने सुनमा विश्वका ठूला धनाढ्यहरुले लगानि गर्ने गर्दाछन् । जस कारण विश्व अर्थतन्त्रका सुनको महत्त्वपूर्ण स्थान रहेको छ । गत साउनमा विश्वमा कोरोना महामारी उत्कर्षका पुगेको बेला अत्य क्षेत्रमा लगानि गर्दा असुरक्षित भएको भन्दै ठूला लगानि कर्ताले सुनका लगानि गर्दा सुन मुल्यले रेकर्ड कायम गरेको थियो । उक्त समयमा नेपाल छापावाला सुन प्रति तोला एक लाख ३ हजार ५ सय पुगेको थियो ।
अहिले पनि वाइडेनको उदयले विश्व अर्थतन्त्रमा सकारात्मक असर गर्ने भएकोले सुनचाँदिमा पनि सकारात्मक असर पर्ने नेपाल सुनचाँदि व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले बताएका छन् । अलटाईम उच्च रहेको सुनको मुल्य अझ बढन सक्ने शाक्यको विश्लेषण छ । साउनमा बनाएको रेकर्डको हाराहारिमै पुग्न सक्ने उनको आँकलन छ । मंगलबार सुनको मुल्यमा ३४ सयको गिरावट आएपनि बजार स्वभाविक रुपमा तलमाथि भईरहेको प्रक्रिया अनुसार भएको उनले बताएका छन् ।
चैत देखि ठप्प बनेको सुनको कारोबार तिहार नजिकिए सँगै बढन थालेको छ । तिहार लगत्तै विवाहको सिजन भएकोले सुनको कारोबार अझ बढन सक्ने उनले बताएका छन् । विगतका बर्षहरुमा सिजनमा सुनको अभाव हुने गरेको थियो भने यस बर्ष अभाव नहुने शाक्यको भनाई छ । यस बर्ष आयात गर्नु पर्ने कोटाबाट ५ सय किलो सुन मात्रै आयात भएको कारण यस बर्ष सुनको अभाव नहुने उनले बताएका छ । यस अघि दैनिक १५ किलो सुन ल्याउन पाउने कानूनि प्रवधान थियो भने कोरोनाका कारण त्यसको कोटा घटाएर १० किलोमा झारेको छ । यस हिसावले बर्षमा ३६ सय ५० किलो आयात गर्न सकिन्छ तर अहिले सम्म ५ सय हाराहारीमा मात्रै सुन आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *