ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१३ औं संस्करणको आईपीएल विजेता मुम्बइलाई, मुम्बई बन्यो पाँचौ पटक च्याम्पियन

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको उपाधि मुम्बइ ईण्डियन्सले जितेको छ ।
युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोडे । ओपनर क्विन्टन डी ककले २० र सूर्यकुमार यादबले १९ रन जोडे ।
दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १,१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले ।
श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै दिल्लीका शिखर ध्वन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस शुन्य रनमा आउट भए । अक्सर पटेलले ९, शिम्रन हिटमायरले ५ र अजिन्क्या रहाणेले २ रन जोडे ।
मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए भने नाथन कल्ट र जयन्त यादबले १, १ विकेट लिए ।

यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो ।
मुम्बईले यस अघि सन २०१३, १५, १७ र १९ मा उपाधि चुमेको थियो । मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो ।
पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ । यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौंथो खेलमा पराजित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *