ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खतिवडा र रेम्मीलाई राजदूत नियुक्ति बारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

मापदण्ड विपरीत राजदूत नियुक्त गरिएको भन्दै मन्त्रिपरिषदको निर्णयलाई बदर गराउन दायर भएको रिटमा सर्वोच्च अदालतमा बहस सुरु गरेको छ। सर्वोच्च अदालतले राजदुत नियुक्ति गर्नुपर्ने कारणवारे लिखित जवाफ माग गरेको अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् ।

सरकारले डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागी र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई वेलायतका लागी राजदुत नियुक्तीका लागी सिफारिस गरेको थियो । गत भदौमा राष्ट्रिय सभा सदश्यमा खतिवडाको कार्याकाल सकिएपछी उनलाई १ महिनाको अवधिमा प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार र अमेरिका लागी राजदुत नियुक्तीमा मन्त्रिपरिषदले सिफारिस गरेको थियो । त्यस्तै मख्य ततकालिन मुख्य सचिव लोकदर्शन रेम्मीको कार्याकाल सकिन १५ दिन अगाडी मुख्य सचिववाट राजिनामा गराई परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिवमा नियुक्ती गरी रेम्मीलाई वेलायतको राजदुत नियुक्ती गरिएको थियो । मन्त्रिपरिषदको उक्त निर्णयप्रति सर्वत्र आलोचना भएको थियो । एकै व्यक्तीलाई पटक पटक लाभको पदमा नियुक्ती दिएको तथा पार्टीभित्र कुनै पनि छलफल नगरी प्रधानमन्त्रीको तजविचले नियुक्ती दिएको भन्दै केपी शर्मा ओलीप्रति नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सहित बरिष्ठ अध्यक्ष माधवकुमार नेपाल समुह असन्तुष्ट वन्दै आएको छ । हाल नेकपाभित्रको किचलो एक प्रमुख कारण पनि यो राजदुत नियुक्तीलाई लिइएको छ । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रचण्डसँग छलफल गरेरै युवराज खतिवडा र रेग्मीलाई राजदुत नियुक्ती गरेको वताउदैं आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *